सिनेमा

सौगातपछि नीति शाह पनि ‘कामिनो’बाट बाहिर, नयाँ हिरोइन खोज्दै प्रदीप खड्का

इकागज |
असार १७, २०८० आइतबार १३:२२ बजे

काठमाडौँ - वैशाखदेखि नै सुटिङमा जाने तयारी गरिरहेको ‘कामिनो’ले अझै सुटिङ सुरु गर्न सकेको छैन । भनेको बेलामा फ्लोरमा ननिस्किएपछि यो फिल्ममा कलाकार इन आउटको शृंखला चलिरहेको छ । निर्धारित समयमा सुटिङ नभएपछि सर्वप्रथम यो फिल्मबाट सौगात मल्ल बाहिरिएका थिए । उनीपछि यही फिल्मबाट डेब्यू गर्न लागेकी मिस नेपाल इन्टरनेसनल नीति शाहले पनि यो फिल्मबाट हात झिकेको खबर छ । 

उनले के कति कारणले फिल्म छाडिन् थाहा छैन तर सूत्रका अनुसार निर्माण टिम यतिबेला नयाँ हिरोइनको खोजीमा लागेको छ । यसका लागि निर्माण टिमले नयाँ पुराना नायिकासँग कुरा गरिरहेको छ । काठमाडौँ र मेक्सिकोमा सुटिङ गर्ने भनेर चर्चामा आएको फिल्मका मुख्य कलाकार प्रदीप खड्काले नै मेक्सिकोको भिजा नपाएपछि पछि यो फिल्म फिलिपिन्समा सुटिङ गर्ने तयारी थियो । तर यो फिल्म फिलिपिन्स पनि उड्न सकेको छैन । 


‘कामिनो’मा प्रदीपबाहेक वर्षा सिवाकोटी, भोलाराज सापकोटा, प्रविण खतिवडा आदि कलाकारको पनि अभिनय रहने बताइएको थियो । निर्माण टिमले यी कलाकारलाई लिएर कार्यशालासमेत गरिसकेको छ । फिल्मलाई दीपक वलीले निर्देशन गर्दैछन् । 


Author

थप समाचार
x