सिनेमा

अस्करले थप्यो ३ सय ९८ नयाँ सदस्य, भारतबाट रामचरण, एनटीआर र करण जौहर पनि

इकागज |
असार १४, २०८० बिहीबार १७:३६ बजे

लसएन्जल्स - अस्कर अवार्ड आयोजना गर्ने एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइसेन्जले थप ३ सय ९८ जनाले सदस्य बनाएको छ । नयाँ अस्कर सदस्यमा ‘एल्भिस’ अभिनेता अस्टिन बटलर, के हुवा क्यान, टेलर स्विफ्ट आदि रहेका छन् । एकेडेमीले भारतबाट पनि नयाँ सदस्य थपेको छ । यसरी थपिएका सदस्यमा जुनियर एनटीआर, रामचरण र करण जौहर रहेका छन् । नयाँ सदस्य थपिएसँगै अस्करमा सदस्यको संख्या १० हजार ८ सय १७ पुगेको छ । 
अस्करको ९६ औँ संस्करण आउँदो वर्षको मार्च १० मा हुनेछ । 

नयाँ सदस्य थपेसँगै अस्करमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत पुगेको जनाइएको छ । सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि ३४ प्रतिशत पुगेको एकेडेमीले जनाएको छ । एकेडेमीले ५२ देशका फिल्मकर्मी सदस्यको रुपमा जोडिएको पनि जानकारी गराएको छ । 


सन् २०२२ मा एकेडेमीले ३ सय ९७ जना सदस्यलाई सदस्यको रुपमा भित्र्याएको थियो । यसरी सदस्य बन्नेले अस्करका लागि दाबेदारी गर्ने फिल्मलाई भोटिङ गर्न पाउँछन् । 
 


Author

थप समाचार
x