सिनेमा

पैसामा छोई नसक्नु हलिउड अभिनेता : एकै फिल्मको लिन्छन् १२ सय करोड

इकागज |
असार १४, २०८० बिहीबार १४:३२ बजे

लसएन्जल्स - हलिउडमा एउटा फिल्म खेलेको अभिनेताले कति पैसा लेलान् ? वा सबैभन्दा महंगो पारिश्रमिक लिने अभिनेता को हुन् ? चर्चाका हिसाबले हाम्रो दिमागमा लियोनार्दो डिकाप्रियो वा ब्राड पिटको नाम झट्ट आउन सक्छ । तर यी अभिनेताभन्दा तीन गुणा बढी लिएर एउटा फिल्म खेल्ने अभिनेता छन् जसको नाम हो टम क्रुज ।

खबरअनुसार अभिनेता टम क्रुजले एउटा फिल्म खेलेको १२ सय करोड लिने गरेका छन् । टम क्रुजपछि भने बढी पारिश्रमिक लिने अभिनेतामा विल स्मिथको नाम आउँछ । अघिल्लो साल अस्करका होस्ट कमेडियनलाई थप्पड हानेर चर्चामा आएका विल स्मिथले एउटा फिल्म खेलेवापत् ५ सय करोड लिने गरेको बताइन्छ ।
तेस्रो नम्बरमा भने ‘टाइटानिक’ अभिनेता लियोनार्दो डिकाप्रियो पर्छन् । उनले एउटा फिल्म खेलेको ४ सय करोडसम्म लिने गरेका छन् । आफूभन्दा आधा उमेरका युवतीसँग डेट गरेर चर्चामा आउने यी अभिनेता आफैँ फिल्म निर्माणमा पनि संलग्न छन् ।


ब्राड पिटको पारिश्रमिक पनि लियाकै हाराहारी रहेको बताइन्छ । उनले पनि उही ४ सय करोड हाराहारी एउटा फिल्म खेलेको पारिश्रमिक लिने गरेका छन् । 
यसपछिको सूचीमा भने रकसमेत भनिन् ड्वेन जोनसन पर्न आउँछन् । उनले भने एउटा फिल्म खेलेवापत् साढे दुई सय करोड पारिश्रमिक लिने गरेका छन् । 
छेटौँ नम्बरमा भने ‘एक्स्ट्रयाक्सन’ अभिनेता क्रिस हेम्सवर्थ छन् । उनले एउटा फिल्म खेलेको दुई सय करोडसम्म पाउने गरेका छन् । सूचीकाे साताैँ, आठौँ र नवौँ नम्बरमा भने रबर्ट डाउनी जुनियर, जोनी डेप र क्रिस इभान्स छन् । सूचीको दसौँ नम्बरमा एडी मर्फी पर्छन् । उनले एउटा फिल्म खेलेको डेढ सय करोड पाउने गरेका छन् । 


Author

थप समाचार
x