सिनेमा

भारतमा ‘आदिपुरुष’को बिजोग , ३५ करोडबाट ३ करोडमा झर्यो व्यापार

इकागज |
असार ७, २०८० बिहीबार १२:४२ बजे

मुम्बई - नेपालमा प्रतिबन्धमा परेको फिल्म ‘आदिपुरुष’ले भारतमा पनि व्यापारमा नराम्रो झट्का खाएको छ । हिन्दी भाषामा मात्र पहिलो दिन ३५ करोडको ओपनिङ गरेको फिल्मले बुधबारसम्म आइपुग्दा यसको व्यापार खुम्चिएर तीन करोडमा झरेको छ । ‘आदिपुरुष’को यो गिर्दो कमाइलाई बलिउडका व्यापार विश्लेषकले अचम्म लाग्दो मानेका छन् । यसअघि कुनै पनि फिल्मको चोथौ दिनमा यति अविश्सनीय रुपमा नघटेको उनीहरूको दाबी छ । 

फिल्मले शुक्रबार ३५ करोडको व्यापार गरेको थियो भने शनिबार फिल्मले ३३ करोड ग्रस गरेको थियो । आइतबारसम्म ३४ करोड व्यापार गरेको फिल्मको सोमबार भने व्यापारमा एकैचोटि ७७ प्रतिशतले गिरावट आएको थियो । फिल्मले सोमबार जम्मा आठ करोड कमाइ गरेको थियो । मंगलबार र बुधबार क्रमशः ५ करोड र ३.५० करोड कमाइ गरेको थियो । 


योसँगै फिल्मले हिन्दी भाषामा मरेर १ सय १८ करोड कमाइ गरेको छ । फिल्मको लगानी ६ सय करोड बताइएको छ । योमध्ये फिल्मले ओटिटी र स्याटालाइट आदिको बिक्रिबाट ४ सय ३२ करोड हाराहारी कमाइ गरेको समाचार आएका थिए । यस हिसाबले फिल्मलाई लगानी उठाउन गाह्रो छैन तर यो फिल्मको असफलताले प्रभासको करिअर भने लगभग संकटमा पुगेको छ । यसअघि प्रभास अभीनित ‘साहो’ र ‘राधेश्याम’ पनि यसैगरी उधुम चर्चाका बीच सुपरफ्लप सावित भएका थिए । 
 


Author

थप समाचार
x