सिनेमा

'बाहुबली' अभिनेत्रीले १८ वर्षपछि तोडिन् ‘नो किसिङ’ नीति

इकागज |
जेठ ३२, २०८० बिहीबार ११:३७ बजे

मुम्बई -दक्षिण भारतीय फिल्म हुँदै बलिउडमा काम गरिरहेकी तमन्ना भाटियाले १८ वर्षपछि पर्दामा चुम्बन नगर्ने प्रतीज्ञा तोडेकी छिन् । उनले भर्खरै घोषणा गरेका प्रेमी विजय वर्मालाई पर्दामा चुम्बन गर्दै पुरानो वाचा तोडेकी हुन् । 

तमन्नाले सुजय घोष निर्देशित ‘लस्ट स्टोरिज २’मा विजयलाई चुम्बन गरेकी थिइन् छिन् । यो सिरिज केही दिनमा सार्वजनिक हुँदैछ । उनले चर्चाका लागि पुरानो वाचा ताडेको नभई कथाको माग भएकाले यसा गरेको बताएकी हुन् । ‘१८ वर्षे करियरमा मैले नसोचेको सफलता पाएकी छु । यो कुरा चर्चाका लागि गरेको होइन । कथामा यो दृश्य नभई नहुने भएपछि नै गरिएको हो,’उनको स्पष्टिकरण थियो । 


तमन्नाले भर्खरै मात्र आफू विजय वर्माको प्रेममा रहेको स्वीकार गरेकी थिइन् । उनले विजय आफूले खोजेजस्तै भएको बताउँदै अहिले जीवनमा खुसी रहेको बताएकी थिइन् । विजय र तमन्ना पहिलो पल्ट ‘लस्ट स्टोरिज २’मा देखिँदैछन् । यो सिरिज जुन २९ मा सार्वजनिक हुँदैछ । 


Author

थप समाचार
x