सिनेमा

प्रियंका चोपडा अभीनित ‘सिटाडेल’को दोस्रो सिजन आउने

इकागज |
जेठ १२, २०८० शुक्रबार १४:१४ बजे

मुम्बई - समीक्षकबाट ठीकठाक समीक्षा पाएको प्रियंका चोपडा र रिचार्ड माडेन अभीनित सिरिज ‘सिटाडेल’को दोस्रो सिजन आउने भएको छ । निर्माण टिमले शुक्रबार सिरिजको दोस्रो भाग पनि बन्ने जानकारी गराएको हो । 

सिरिजलाई जो रुसोले निर्देशन गर्नेछन् । अमेजन प्राइमबाट सार्वजनिक भएको सिरिजले पर्याप्त अन्तर्राष्ट्रिय दर्शक बटुल्न सफल भएको थियो । यही सिरिजका कारण अमेजन प्राइमका सब्स्क्राइबर पनि बढेको अमेजन प्राइमले जनाएको छ । 


उपराध र जासुसको सम्मिश्रणमा बनेको सिरिजलाई विश्वभर लैजाने प्रयत्न स्वरुप बेग्लाबेग्लै देशमा यसको सुटिङ भएको छ । रुसो दाजुभाइले इटली र भारतमा पनि यही नाममा सिरिज बनाएका छन् । भारतीय संस्करणमा बरुण धवन र सामान्था प्रभुले अभिनय गरेका छन् ।

बलिउडबाट हलिउडमा प्रवेश गरेकी प्रियंकाले फाट्टफुट्ट फिचर फिल्ममा पनि अभिनय गरिरहेका छन् । तर फिचर फिल्म भने उनलाई फापेको छैन । उनले खेलेका सबै फिचरफिल्म बजारमा कमजोर मानिएका छन् । तर सिरिज भने फापेकै छ । उनले डेब्यू गरेको हलिउड सिरिज ‘क्वान्टिको’ले पनि राम्रै चर्चा पाएको थियो ।  
 


Author

थप समाचार
x