सिनेमा

सन्नी लियोनीको फिल्मलाई कान्समा तारिफ

इकागज |
जेठ ११, २०८० बिहीबार १६:१७ बजे

मुम्बई - पूर्वपोर्न स्टार सन्नी लियोनीको मुख्य भूमिका रहेको ‘केनेडी’ले फ्रान्सको कान्समा चलिरहेको फेस्टिभलमा ७ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको छ । फिल्म  बुधबार राति साढे १२ बजे स्क्रिनिङ भएको थियो । निन्द्रा नपर्ने प्रहरी अफिसरको कथामा बनेको फिल्मलाई अनुराग कश्यपले निर्देशन गरेका हुन् । फिल्ममा सन्नी लियोनीबाहेक राहुल भट्टको पनि मुख्य भूमिका रहेको छ । 

कान्समा कलाकारको टोलीसहित निर्देशकले रेडकार्पेट नापेका थिए । कान्सको मिडनाइट स्क्रिनिङमा छानिएको फिल्मको प्रदर्शनअघि दक्षिण भारतीय अभिनेता च्यवन विक्रम र अनुराग कश्यपको मिस अन्डरस्ट्यान्डिङको किस्सा मिडियामा सार्वजनिक भएको थियो । अनुरागले फिल्मको अभिनयका लागि च्यवन विक्रमलाई सम्पर्क गर्न खोज्दा रेस्पोन्स नपाएको तर सम्पर्क गरेको नम्बर विक्रमले दुई वर्षअगाडि देखि नै चलाउन छाडेको जानकारी पाएका थिए ।


पछि विक्रमले अनुरागले आफूलाई खोजिरहेको पाएपछि आफैँले फोन गरेर अनुरागसँग कुरा गरेको विक्रमले भर्खरै स्पष्ट पारेका थिए । धेरै वर्षपहिले ‘जिस्म २’बाट डेब्यू गरे पनि पूर्व पोर्नस्टार सन्नी लियोनीको बलिउड करिअरले गति लिन सकेको थिएन । उनले ‘केनेडी’ को कान्स स्क्रिनिङ करिअरकै गर्विलो क्षण भएको बताएकी छिन् ।  


Author

थप समाचार
x