सिनेमा

तमिल अभिनेता विजयले पारिश्रमिक बढाएर पुर्याए २ सय करोड

इकागज |
जेठ ९, २०८० मंगलबार १७:१६ बजे

मुम्बई -  कुनै समय थियो, भारतीय फिल्मको नाम लिँदा बलिउडलाई नै सबै कुरा सम्झने गरिन्थ्यो । तर, अब क्षेत्रीय फिल्म, खासगरी साउथ फिल्म उद्योगको विस्तार विश्वभर बढिरहेको छ । साउथ फिल्मको पेन इण्डिया रिलिजका बीच यो उद्योगका स्टारले पनि आफ्नो पारिश्रमिक बढाइरहेका छन् । साउथमा महंगा अभिनेताको नाम लिँदा अभिनेता  विजयको नाम अग्रस्थानमा आउँछन् । यिनै विजयले आफ्नो पारिश्रमिक बढाएको खबर छ ।

समाचारअनुसार  विजयले फिल्म ‘वारिसु’को सफलता पछि नयाँ प्रोजेक्टका लागि २०० करोड पारिश्रमिक लिँदैछन् । यद्यपि कतिपयले उनको पारिश्रमिक बढेको कुरा केवल अफवाह मात्र बताए पनि उनले पारिश्रमिक बढाएको कुरामा भने फिल्मकर्मी सहमत छन् ।


थलापतिको पारिश्रमिक अर्का साउथ सुपरस्टार रजनीकान्तको भन्दा बढी छ । विजयले आफ्नो बढ्दो बजार  र बक्स अफिस सफलतापछि पारिश्रमिक बढाएका हुन् । साउथमा विजय स्टोरी लाइन बिना नै सफलताको ग्यारेन्टी बनिसकेका छन् । त्यसकारण पनि निर्माताहरु जोखिम मोल्न तयार भइरहेका छन् ।​ योभन्दा अघि वेन्कट प्रभुका साथ आगामी प्रोजेक्टका लागि विजयले १ सय ५० करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो । 


Author

थप समाचार
x