सिनेमा

डेब्यू फिल्म असफल भएका यी बलिउड स्टार

इकागज |
बैशाख २८, २०८० बिहीबार १२:० बजे

मुम्बई - कुनै पनि कलाकारका लागि उसको डेब्यू फिल्म महत्वपूर्ण हुन्छ, किनकी डेब्यू फिल्मले नै उसको करियरको टुंगो लगाउँछ । तर, बलिउडमा यस्ता कैयौं कलाकार छन्। जसको पहिलो फिल्म नै बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अहिले यिनै कलाकारहरु फिल्म उद्योगका स्टार बनेका छन् । यो सुचीमा अमिताभ बच्चनदेखि सलमान खानसम्म छन् ।


अमिताभ बच्चन्
अमिताभ आज बलिउडका महानायक हुन् । तर उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप भएको थियो । यो फिल्म फ्लप भएपछि अमिताभ पूर्ण रुपमा विक्षिप्त बनेका थिए ।


सलमान खान
अभिनेता सलमानको पहिलो फिल्म ‘बीबी हो तो ऐसी’ हो । फिल्ममा उनले सहायक चरित्र निभाएका थिए । फिल्म बक्सअफिसमा असफल साबित भएको थियो ।

अक्षय कुमार
अक्षय कुमारको पहिलो फिल्म ‘सौगन्ध’ बक्सअफिसमा फ्लप भएको थियो । यद्यपि यसपछि उनले कडा मेहनतमार्फत बलिउडमा सफलता हासिल गरे ।

ऐश्वर्या राय
अभिनेत्री ऐश्वर्या रायको डेब्यू फिल्म ‘और प्यार हो गया’ पनि बक्सअफिसमा असफल भएको थियो । तर यो असफलता पछि भने उनले आफ्नो करियरको तेज उडान भरिन् ।

माधुरी दिक्षित
अभिनेत्री माधुरीको पहिलो फिल्म ‘अबोध’ बक्सअफिसमा असफल भए पनि उनले अभिनयका माध्यमबाट फ्यानलाई मन्त्रमुग्ध बनाइन् ।

करिना कपुर
अभिनेत्री करीनाले फिल्म ‘रिफ्यूजी’बाट बलिउडमा पाइला चालिन् । तर यो फिल्म फ्लप साबित भयो । यसपछि उनले बलिउडमा कैयौं सुपरहिट फिल्म दिइन् ।

काजोल
अभिनेत्री तनुजाकी छोरी काजोलले बलिउडमा ‘बेखुदी’बाट पाइला चालिन् । तर उनको पहिलो पाइला असफल साबित भएको थियो ।

कटरिना कैफ
अभिनेत्री कटरीनाको डेब्यू फिल्म ‘बुम’ सन् २००३ मा रिलिज भएको थियो । यो फिल्ममा उनले अभिनेता गुलसन ग्रोवरका साथ रोमान्स गरेकी थिइन् । तर फिल्म असफल भयो । 

रणवीर कपुर 
अभिनेता रणवीर कपूरको पहिलो फिल्म ‘साँवरिया’ बक्सअफिसमा असफल भएको थियो । फिल्ममा उनले सोनम कपूरका साथ रोमान्स गरेका थिए । 

 


Author

थप समाचार
x