सिनेमा

दि केरला स्टोरीः पश्चिम बंगालमा प्रतिबन्ध, उत्तर प्रदेशमा 'टैक्स फ्रि'

इकागज |
बैशाख २६, २०८० मंगलबार १०:४२ बजे

मुम्बई - प्रोपोगान्डा फिल्मको रुपमा चित्रित  चलचित्र ‘दि केरला स्टोरी’लाई पश्चिम बंगाल सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मुख्यमन्त्री ममता बर्नजीले  राज्यको शान्ति र अमनचयनका लागि ठीक नभएको भन्दै  मुख्यमन्त्रीले फिल्म नचलाउने निर्णय गरेकी हुन् ।   

उत्तर प्रदेशमा भने करमुक्त गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई टयाक्स फ्रि गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा टैक्स फ्री गरिनेछ ।’


मुस्लिम समुदायलाई गलत रुपमा चित्रण गरिएको भन्दै निर्माण घोषणादेखि नै यो फिल्म विवादमा थियो । तर निर्माताले भने यो केरलाको सत्य कथामा आधारित रहेको दाबी गर्दै आएका छन् । फिल्मले हिन्दु युवतीलाई प्रेमजालमा फसाएर मुस्लिम बनाउने र आत‌ंकवादी गतिविधिमा संलग्‍न गराउने कथा पेश गर्छ । यो फिल्मलाई सत्तासिन बिजेपीले समर्थन गरिरहेको छ । फिल्म रिलिजसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले यसको तारिफ गरेका छन् भने  योगी आदित्यनाथले ​ट्याक्स फ्रि गर्ने घोषणाले यो कुराको पुष्टि गर्छ । 

हिन्दु धर्म समर्थकबाट राम्रो साथ पाएको फिल्मले तीन दिनमा ३५ कराेड हाराहारी व्यापार गरेको छ । नाम चलेका कलाकार खासै नभएको फिल्मले विकेन्डमा गरेको व्यापार सलमान खानको 'किसी का भाइ किसीकी जान'को भन्दा बढी रहेको छ । फिल्मले दर्शक बढाउँदै पहिलो दिनभन्दा तेस्रो दिन दाेब्बर व्यापार गरेको छ ।

 

 


Author

थप समाचार
x