सिनेमा

अभिनयबाट ‘ब्रेक’ लिने एम्माको घोषणा

इकागज |
बैशाख २१, २०८० बिहीबार १२:१७ बजे

लसएन्जल्स – ‘ह्यारी पोटर’ सिरिजकी अभिनेत्री एम्मा वाटसनले अभिनयबाट विश्राम लिन चाहेको बताएकी छिन् ।  हालै फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफू अभिनयबाट सन्तुष्ट नभएको र धेरथोर कैद भएको महसुस गरेको बताएकी छिन् ।एम्मा पछिल्लो समय ग्रेटा गेरविग निर्देशित ‘लिटिल वुमन’मा देखिएकी थिइन् । 

त्यसयता एम्माले न कुनै सिरिज साइन गरेकी छिन् न फिल्म । ‘मैले बीचमा के महसुस गरेँ भने म त्यो कुरा बेचिरहेकी छु जुन मेरो नियन्त्रणमा छैन । यदि कुनै पत्रकारले मलाई, तेरो फिल्ममा तेरो दृष्टिकोण के थियो भनेर सोध्यो भने मसँग उत्तर हुन्थेन । किनकि प्रक्रियामा मेरो संलग्नता नै छैन,’उनको भनाइ छ । 


उनले आफूले विगतमा रोबोट जस्तो जस्ले जे भन्या त्यही मात्र गरिरहेकाले नयाँ चिजको प्रतीक्षामा रहेको बताएकी छिन् । यसको मतलब आफूले अभिनयको दुनियाँ नै छाड्ने लागेको भने नभएको बताइन् ।बाल कलाकारको रुपमा काम सुरु गरेकी एम्माले ‘नोहा’, ‘ब्युटी एन्ड दि बिस्ट’ आदि फिल्ममा पनि काम गरेकी छिन् । 


Author

थप समाचार
x