सिनेमा

रिमेकको विपक्षमा मनीषा कोइराला

इकागज |
बैशाख १९, २०८० मंगलबार १५:२८ बजे

मुम्बई- अभिनेत्री मनीषा कोइरालाले आफू फिल्म रिमेक गर्ने पक्षमा नरहेको बताएकी छिन् । उनले फ्रि प्रेस जर्नलसँग कुरा गर्दै रिमेक गर्दा पुरानो जादू फर्काउन नसकिने भएकाले यस्ता चिजलाई छुन नहुने बताएकी हुन् । 

‘जुन सिनेमामा मलाई काम गर्न मजा आयो र दर्शकलाई पनि हेर्दा मजा आयो, म त्यस्ता फिल्मलाई यत्तिकै छाड्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनको भनाइ छ, ‘उही उर्जा र उही जादू पैदा गर्न गाह्रो छ । त्यही कारण अहिले बनिरहेका धेरै रिमेक असफल भएका हुन् ।’


मनीषाले यही साल अभिनय गरेको ‘शहजादा’ यस्तै रिमेक फिल्म थियो जुन चलेन । यो फिल्म अल्लु अर्जुन अभीनित ‘अला बैकण्ठम्पुरलु’को हिन्दी रिमेक थियो । फिल्ममा मनीषाले तब्बुलाई विस्थापित गरेकी थिइन् ।

नेपाल बसाइलाई लम्ब्याउँदै गएकी मनीषा अब भने सञ्जयलीला भन्सालीको ‘हिरामन्डी’ सिरिजमा देखिँदैछिन् । पूर्व वेश्याहरूको कथा भन्ने यो सिरिजमा मनीषासँगै सोनाक्षी सिन्हा, ऋचा चढ्ढा, अदितीराव हैदरी आदिको अभिनय रहेको छ । मनीषा अभीनित ‘इन्डिया स्विट्स एन्ड स्पाइसेज’ प्रदर्शन हुन बाँकी रहेको चलचित्र हो । 


Author

थप समाचार
x