सिनेमा

दुई पटक आत्महत्या गर्ने प्रयास गरेको ड्रिउ ब्यारीमोरको खुलासा

इकागज |
बैशाख १७, २०८० आइतबार १७:२७ बजे

लसएञ्जल्स-  अभिनेत्री ड्रिउ ब्यारीमोरले दुई पटक आत्महत्या गर्ने प्रयास गरेको बताएकी छिन् । आफूले चलाउँदै आएको ‘ड्रिउ ब्यारीमोर सो’मा अतिथिको रुमा आएका गायक म्याडिसन बियरसँग आत्महत्याको विषयमा कुरा गर्दै उनले यसको खुलासा गरेकी हुन् । 

‘संघर्षको दिनमा हरकोहीले यो विषयमा सोचेको हुनुपर्छ भन्ने लाग्छ । मैले पनि दुई पटक प्रयास गरेकी थिएँ,’उनले भनेकी थिइन् । उनले १३ वर्षको उमेरमा आफूलाई यस्तो समस्या भएको र आमाले १८ महिना हस्पिटलमा राखेको स्मरण गरेकी थिइन् । 


ब्यारीमोरले ५ वर्षको उमेरमा हलिउडमा डेब्यू गरेकी थिइन् । यसअघि २१ वर्षीय गायक बियरले आफूमा आत्महत्याको विचार आउने गरेको बताएका थिए । उनकै कुरामा समर्थन गर्दै ब्यारीमोरले आफ्नो समयको अनुभव सुनाएकी थिइन् । ड्रिउ ब्यारीमोर हिजो आज फिल्म छाडेर फुर्सदमा छिन् । 


Author

थप समाचार
x