सिनेमा

शाहिदलाई फकाउन दुई महिना पछि लागेकी थिइन् करिना

इकागज |
बैशाख १७, २०८० आइतबार १०:३१ बजे

मुम्बई - फिल्म उद्योगमा कैयौं यस्ता प्रेम प्रसंग छन्, जुन सधैं चर्चामा रहिरहन्छ । ती कतिपय प्रेम प्रसंग वियोगमा नै परिणत हुन्छन् । अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर कुनै समय बलिउडको हटकेक प्रेमी थिए । उनीहरुको प्रेमको चर्चा मिडियामा सधैं भइरहन्थ्यो । तर अहिले करिना र शाहिद दुवै आफ्नो वैवाहिक जीवनमा खुशी छन् । तर करिनाले शाहिदलाई दुई महिना पछ्याएर पगालेकी थिइन् । 


करिनाले शाहिद प्रति आफ्नो प्रेम कतिसम्म थियो ? भन्ने कुराको खुलासा उनले करण जोहारको च्याट शो ‘कफी विद करण’मा गरेकी थिइन् । उनले दुई महिनासम्म शाहिदलाई पछ्याएपछि मात्र शाहिद करिनासँग प्रेममा समर्पित भएका थिए । 


करिनाले करणसँग गरेको कुराकानीको पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोको पहिलो सिजनमा करीना अर्की अभिनेत्री रानी मुखर्जीका साथ शोमा पुगेकी थिइन् ।  शोको दोस्रो सिजनमा करीना र शाहिद नै पुगेका थिए ।

शोमा करणले करिनालाई उनीहरुको प्रेमजीवन कसरी सुरु भयो भनी प्रश्न सोधेका थिए । ‘मैले नै शाहिदलाई प्रेम प्रस्ताव राखेको थिएँ । मैले दुई महिनासम्म शाहिदलाई पछ्याएको थिएँ । मैले उसलाई म्यासेज र फोन गरेको थिएँ । डेटका लागि पनि मैले नै प्रस्ताव गरेको थिएँ । तर सुरुमा उसले मलाई कुनै भाउ दिएन । दुई महिनापछि मात्र हामी भेटियौं र कुराकानी सुरु भयो’, करिनाले भनेकी छन् । तर 'जब वि मेट'को सुटिङ लगत्तै दुवैको ब्रेकअप भएको थियो । ब्रेकअपपछि दुवैले लामो समयपछि 'उड्ता पञ्जाब'मा सँगै काम गरेका थिए ।
 


Author

थप समाचार
x