सिनेमा

‘पठान’बाट मालामाल शाहरुख, भागमा पर्यो २ सय करोड

इकागज |
बैशाख ७, २०८० बिहीबार १२:२२ बजे

मुम्बई - बलिउडमा केही अभिनेता फिल्म खेलेवापत् पारिश्रमिक लिँदैनन् । नाफाको हिस्सेदारी लिन्छन् । आमिर खान, शाहरुख खान, सलमान खान, अक्षयकुमार मुलतः फिल्म खेलेवापत सेयरमा बस्छन् । फिल्मले नाफा कमाए, पैसा आयो । नकमाए स्वाहा । यस्तोमा शाहरुख खानले भने ‘पठान’बाट २ करोड लगेको खबर छ । फिल्मले हल ,स्याटालाइट र ओटीटी रिलिजबाट प्राप्त रकमबाट शाहरुखलाई २ सय करोडको मुनाफा दिएको हो ।

फिल्मले देश तथा विदेशमा गरी हजार करोड ज्यादा ग्रस गरेको थियो । यो कमाइबाट वितरक तथा प्रदर्शकको सेयर कटाउँदा निर्माताको हातमा ३ सय ३३ करोड परेको थियो । यसबाट पनि शाहरुखको प्रतिशत भाग लगाउँदा २ सय करोड उनको भागमा परेको हो । 


दीपिका पादुकोन र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको फिल्मले भारतमा मात्र ५ सय ४५ करोड ग्रस गरेको थियो । विदेशमा ३ सय ९६ करोड कमाइ गरेको आँकडा छ । यसमा वितरकले देशबाट २ सय ४५ र विदेशबाट १ सय ७८ करोड हात पारेका थिए ।

फिल्मको स्याटालाइट अधिकार १ सय ५० करोडमा बिकेको थियो । यसरी सबैतिरको मुनाफा जोड्दा शाहरुखको भागमा २ सय करोड परेको हो । शाहरुखले फिल्म खेल्दा एक पैसा पनि नलिएको खबर थियो । तर फिल्म रिलिजपछि उनले सिधै २ अर्ब पाएका छन् । ‘पठान’ २ सय ७० करोडमा बनेको फिल्म थियो । 


Author

थप समाचार
x