सिनेमा

‘अंगूर’ रिमेकमा ज्याकलिन ?

एजेन्सी |
असोज २९, २०७७ बिहीबार १४:२ बजे

‘सूर्यवंशी’ बनाउनुभन्दा अघि रोहित सेठ्ठीले ‘रामलखन’को रिमेक बनाउने चर्चा थियो । यसका लागि उनले रनवीर सिंह र वरुण धवनलाई अनुबन्ध गरेको खबर बाहिरिएको थियो । तर, यो फिल्म बनाउनुभन्दा अघि नै उनले ‘सूर्यवंशी’ बनाए । कोभिड १९ का कारण ‘सूर्यवंशी’ को प्रदर्शन मिति सरेको सर्‍यै छ ।  नयाँ घोषित मिति अनुसार फिल्म अबको क्रिसमसमा रिलिज हुनेछ । 

तर, यो फिल्मपछि उनले ‘अंगूर’को रिमेक बनाउने र यसका लागि रनवीर सिंहलाई मुख्य भूमिकामा लिएको चर्चा छ । रोहित सेठ्ठीले खबरको निधो गरेका त छैनन् तर चलेको हल्ला अनुसार उनले रनवीरको जोडीको रुपमा ज्याकलिन फर्नान्डिजलाई समेत अनुबन्ध गरिसकेका छन् ।
 
सन् १९८२ मा रिलिज भएको ‘अंगूर’लाई गुलजारले निर्देशन गरेका हुन् ।  फिल्ममा संजिव कुमार र देवेन बर्माले दोहोरो भूमिका निर्वाह गरेका छन् । फिल्ममा रनवीर सिंह संजिव कुमार झैं दोहोरो भूमिकामा देखिनेछन् । रोहितले यो फिल्म ५ वर्षअघि देखि बनाउन चाहेको चर्चा थियो ।


फिल्मको मुख्य भूमिकाका लागि शाहरुखले पनि रुचि राखेका थिए । तर, डेट नमिलेपछि शाहरुख पछि हटेका थिए । फेरि पनि शाहरुखले नभ्याउने भएपछि उनको ठाउँमा रोहितले रनवीरलाई लिएका हुन् । यतिबेला ज्याकलिन भने फिल्मविहिन छन् । गत साल उनी अभिनित दुई फिल्म नेटफ्लिक्समा रिलिज भएका थिए । 
 


Author

थप समाचार
x