सिनेमा

‘जोन विक ४’ को स्टन्ट टिमलाई केन्यु रिभ्सले बाँडे रोलेक्स घडी

इकागज |
चैत १९, २०७९ आइतबार १०:५३ बजे

लसएन्जल्स - अघिल्लो हप्ताबाट विश्वव्यापी प्रदर्शन थालेको केन्यु रिभ्स अभीनित ‘जोन विक ४’ले बक्स अफिसमा पैसा छापिइरहेको छ । बक्स अफिसमा दर्शकले यसलाई रुचाउनमा यसको स्टन्टलाई मुख्य कारण मानिएको छ । फिल्भ भित्र केन्युले खेलेका केही स्टन्टका दृश्य अभूतपूर्व रहेको धेरैको टिप्पणी छ ।

तर अरुले भनेर मात्र होइन केन्यु रिभ्सलाई पनि यसै लागेको छ । उनले फिल्मले उत्साहजनक प्रतिक्रिया पाएसँगै स्टन्ट टिमलाई रोलेक्स घडी बाँडेको समाचार आएका छन् । उनले पेरिसमा सम्पूर्ण स्टन्ट टिमलाई खाना खुवाउँदै १० हजार डलर बराबरका घडी उपहार दिएको खबर छ ।


घडी पाउने स्टन्टमेनले घडीको तस्बिर राख्दै केन्युलाई धन्यवाद दिएपछि केन्युको यो कर्म बाहिर आएको हो । घडीमा भित्र सम्बन्धित मानिसलाई धन्यवाद दिँदै केन्युले ‘जोन विक ५’मा पनि काम गर्ने  निम्तो दिएका छन् । निर्माण कम्पनी लाइन्स गेटले पहिला नै यसको पाँचौँ भाग बन्ने र पटकथा लेखनको काम भइरहेको जनाएको छ । 


Author

थप समाचार
x