सिनेमा

कार्तिकसँग ‘आशिकी’जस्तो फिल्म गर्ने राशीको चाहाना

इकागज |
चैत १३, २०७९ सोमबार १२:५१ बजे

मुम्बई - ‘फर्जी’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री राशी खन्नाले कार्तिक आर्यनसँग फिल्म खेल्ने चाहाना व्यक्त गरेकी छिन् । दक्षिण भारतका लगभग सबै ठूला स्टारसँग काम गरेकी राशीले कार्तिक आर्यनसँग काम गर्दा ‘आशिकी’ जस्तो फिल्ममा काम गर्ने रुचि व्यक्त गरेकी हुन् । 

‘म कार्तिकसँग कमेडी होइन, गहिरो प्रेमकथा गर्न चाहान्छु । जस्तो कि आशिकी’ राशीले भनेकी छिन्,’ मलाई प्रेमकथा मनपर्छ । यो जस्तो फिल्म दर्शकले पनि मन पराउनु हुन्छ ।’


राशीले अमेजन प्राइममा रिलिज भएको ‘फर्जी’मा शाहिद कपुरसँग काम गरेकी थिइन् । ‘फर्जी’ ओटीटीमा सबैभन्दा बढी दर्शक पाउने फिल्मको रुपमा पहिलो नम्बरमा रहेको थियो । 

यता कार्तिक आर्यनको भने भर्खरै ‘शहजादा’ रिलिज भएको थियो । तमिल फिल्मको रिमेकको रुपमा आएको यो फिल्म फ्लप सावित भएको थियो । कार्तिक आर्यन अब चाँडै ‘सत्य प्रेमकी कथा’ र ‘आशिकी ३’मा देखिँदैछिन् । 
 


Author

थप समाचार
x