सिनेमा

‘जारी’ ट्रेलर :  मिरुनाको जारी जीवनको रोचक झलक

इकागज |
चैत १०, २०७९ शुक्रबार १६:२१ बजे

काठमाडौँ - वैशाख १ गते प्रदर्शन हुने फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । मिरुना मगरको चरित्र वरिपरि घुम्ने ट्रेलरले लिम्बू समुदायमा प्रचलनमा रहेको जारी प्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । जनजातिका अरु समुदायमा पनि यो प्रथा प्रचलनमा रहे पनि लिम्बू समुदायमा भने माइती पक्षले जारी तिर्नुपर्छ ।

४ मिनेट लामो ट्रेलरले पति पत्नि बनेका दयाहाङ राई र मिरुनाको चरित्रसँगै मिरुनाले चालेको कदमले माइतीलाई परेको सकसलाई पनि देखाएको छ । लिम्बू संस्कृतिको पृष्ठभूमिमा बनेको फिल्ममा दयाहाङ राई र मिरुना मगरले पति पत्निको भूमिका निर्वाह गरेका छन् । फिल्ममा रोयदिभ श्रेष्ठ र रेखा लिम्बू पनि महत्वपूर्ण भूमिकामा रहेको आभाष हुन्छ । 


‘कबड्डी’ सिरिजका लेखक उपेन्द्र सुब्बाको यो निर्देशकीय डेब्यू हो । सुरेश नियोङ लिम्बूको कथालाई सुब्बा स्वयंले पटकथामा रुपान्तरण गरेका हुन् । फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् भने फिल्मको सम्पादन गरेका हुन्, निमेष श्रेष्ठले । फिल्मलाई बाँसुरी फिल्म र कबड्डी फिल्म मिलेर निर्माण गरेका हुन् । 


Author

थप समाचार
x