सिनेमा

‘प्रसाद २’को ‘मार्सी धान’ मा सरोज र आश्मासँगै विपिनको नृत्य

इकागज |
चैत ९, २०७९ बिहीबार ९:३ बजे

काठमाडौँ-  चैत्रको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’, फिल्ममा समावेश पहिलो गीत ‘मार्सी धान’ बुधबार रिलिज गरेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ ।

लोकशैलीमा तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।  यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।


फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन लभ स्टोरी जमेका निर्देशक हुन् । उनले ‘धन्दा’पछि अर्को सामाजिक कथामा फिल्म बनाएका छन् ।
सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

 


Author

थप समाचार
x