सिनेमा

१२ वर्षपछि बेनिशाको भागमा पहिलो हिट

इकागज |
फागुन २३, २०७९ मंगलबार १६:३६ बजे

काठमाडौँ - ‘स्वर’बाट आजभन्दा १२ वर्षअघि फिचर फिल्ममा डेब्यू गरेकी बेनिशा हमालले बक्स अफिसमा पहिलो हिट पाएकी छिन् । एक दर्जन लामो चलचित्र यात्रामा लगभग उति नै संख्यामा फिल्म गरेकी बेनिशाले केही फिल्ममा राम्रो अभिनय गरेर अवार्ड जिते पनि ती फिल्मले बक्स अफिसमा भने राम्रो व्यापार गर्न सकेका थिएनन् ।  

बेनिशाले १२ वर्षे लामो चलचित्र यात्रामा ‘ज्यान हाजिर छ’, ‘म अनि तिमी’ ‘मोक्ष’ ‘किङ’, ‘घर’, ‘झ्यानाकुटी’, ‘प्रेमगन्ज’, ‘चिमुसी ची’, ‘महसुस’, ‘लक’, ‘ब्लाइन्ड रक्स’, ‘कालो पोथी’ आदि फिल्ममा काम गरेकी छिन् । यीमध्ये ‘घर’ र ‘झ्यानाकुटी’ले औसत व्यापार गरेका थिए भने ‘कालो पोथी’ले अन्तर्राष्ट्रिय अवार्डहरू जितेको थियो । तर बाँकी फिल्मले भने खासै व्यापार गरेका थिएनन् । 


तर गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’ले बेनिशालाई पहिलो क्लिन हिट दिएको छ । पहिलो दिनदेखि नै आक्रामक व्यापार गर्दै आएको फिल्मले चौथो दिनसम्म पनि यो लय कायम राखेको छ । तर यो फिल्मको सफलता अरु कलाकारका लागि भन्दा पनि बेनिशाका लागि खास छ । किनकि थुप्रै फिल्ममा राम्रो अभिनय गर्दा गर्दै पनि ती फिल्म सफल नहुँदा बेनिशालाई फ्लपको ट्याग लाग्ने गथ्र्यो ।

तर ‘छक्का पञ्जा ४’को सफलताले उनी त्यो आरोपबाट मुक्त भएकी छिन् । ‘स्वर’बाट बेनिशासँगै केकी अधिकारीले पनि डेब्यू गरेकी थिइन् । उनले पनि हिरोइनको रुपमा पहिलो हिट दीपक राज गिरी र दीपाश्री निरौलाको ‘छ माया छपक्कै’बाट दिएकी थिइन् । अब यो फिल्मबाठ डेब्यू गर्नेमा रीमा विश्वकर्मा मात्र बाँकी रहिन् जो एउटा हिटको पर्खाइमा छिन् ।  


Author

थप समाचार
x