सिनेमा

पल शाहको आग्रह - कसैप्रति रिस र प्रतिशोधको भावना छैन, गालीगलौच नगर्नुहोला

इकागज |
फागुन २३, २०७९ मंगलबार ९:३० बजे

काठमाडौँ - अभिनेता पल शाहले बितेको एक वर्षको अविधलाई आफूले सिकाइको उर्बर समयको रूपमा लिएको बताएका छन् । सोमबार फेसबुकमार्फत् प्रतिक्रिया दिँदै बितेको एक वर्षको घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा आफ्नो सधैँ सम्मान र सद्‍भाव हरने उल्लेख गरेका छन् । 'सिकाइ जीवनभर अनवरत चलिरहने प्रक्रिया हो,' उनले लेखेका छन्, 'बितेको एक वर्षलाई मैले सिकाइको उर्बर समयको रूपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।'

उनले विगतमा भएका घटनामा कसैको दोष नभएर समयमो दोष भएको प्रतिक्रिया दिएका छन् । कसैलाई गालीगलौज गर्न र नराम्रो व्यवहार नगरिनदिन पनि उनले आग्रह गरेका छन् । सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै आफू फेरि पुरानै दैनिकीमा फर्किएको भन्दै स्वागतमा  परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा मात्तिएको नभई थप जिम्मेवार बनेको उनको भनाइ छ । 


'यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरीदिनुहोला। उहाँहरूसंग फेरि सहकार्य गर्ने वातावरण मिलोस्,' उनले अगाडि लेखेका छन्, 'त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा  परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।'


Author

थप समाचार
x