सिनेमा

बाफ्टा अवार्डमा जस्टिन र केट उत्कृष्ट

इकागज |
फागुन ८, २०७९ सोमबार १२:१४ बजे

लन्डन- आइतबार सम्पन्न ब्रिटिश एकेडेमी फिल्म अवार्ड (बाफ्टा) मा जस्टिन बटलर र केट ब्लान्चेट क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् । जस्टिनले ‘एल्भिस’ फिल्मका लागि अवार्ड जितेका हुनु भने केट ब्लान्चेट ‘टार’बाट उत्कृष्ट ठहरिएकी हुन् । 

उत्कृष्ट अभिनेता बन्ने क्रममा जस्टिनले कोलिन फरेल, ब्रेन्डन फ्रेजर, डायल माक्रोमाक, पल मेस्कल र बिल नाइलाई उछिनेका हुन् । केटले एना डे आरमस, भोइला डेभिस, डेनिले डेडवायलर, एम्मा थमसन र मिसेल योलाई उछिन्दै अवार्ड जितेकी हुन् । केही दिनअघि सम्पन्न गोल्डेन ग्लोब अवार्डमा पनि जस्टिन र केटले सो विधाका पुरस्कार जितेका थिए ।


गायक एल्भिस प्रिस्लेको जीवनीमा बनेको फिल्मले ‘बेस्ट मेकअप एन्ड हेयर’, ‘कस्ट्युम डिजाइन’ र ‘कास्टिङ’को अवार्ड जितेको थियो । 
५ विधामा मनोनयनमा परेको ‘टार’ले अभिनेत्रीमा मात्र चित्त बुझाएको थियो । 

समारोहमा ७ विधामा अवार्ड जित्दै जर्मन फिल्म ‘अल क्वाइट इन दि वेस्टर्न फ्रन्ट’ले धेरैलाई चकित बनाएको थियो । लेखन र सम्पादनसँगै यो फिल्मले उत्कृष्ट फिल्म र निर्देशनमा अवार्ड जितेको थियो । गैर अंग्रेजी भाषातर्फको अवार्ड पनि यसैको पोल्टामा परेको थियो । ‘अल क्वाइट इन दि वेस्टर्न फ्रन्ट’ पछि सर्वाधिक ४ विधामा ‘दि बन्सिज अफ इन्सिरिन’ विजेता घोषित भएको थियो ।


Author

थप समाचार
x