सिनेमा

भ्यालेन्टाइनमा फेरि रिलिज हुँदै ‘टाइटानिक’ र ‘डीडीएलजे’

इकागज |
माघ २७, २०७९ शुक्रबार १२:२८ बजे

मुम्बई- भारतका तीन ठूला सिनेमा चेनले फिल्ममार्फत भ्यालेन्टाइन डे मनाउने भएका छन् । देशका तीन ठूला सिनेमा चेन पीभीआर, इनोक्स र सिनेपोलिसले यो शुक्रबारदेखि आउँदो बिहीबारसम्म प्रेमकथाका फिल्म प्रदर्शनमा राख्ने जनाएका छन् । 

तीनै सिनेमा चेनले जनाएअनुसार भ्यालेन्टाइनको यो हप्तामा अंग्रेजी फिल्मसँगै हिन्दी, तमिल, तेलगु र मराठी भाषाका फिल्म पनि हलमा रिलिज हुनेछन् । सिनेमा चेनले यो हप्ता ‘टाइटानिक’ देखाउने घोषणा गरिसकेका छन् भने ‘दिलवाले दुल्हनियाँ ले जाएँगेँ’, ‘जब वी मेट’ र ‘तमाशा’ आदि पनि प्रदर्शनको सूचीमा रहेको सिनेमा हलले जनाएका छन् । 


भारतमा यो शुक्रबार प्रेमकथा लक्षित कुनै पनि फिल्म रिलिज भएका कारण हलले पुरानै फिल्म देखाएर काम चलाउन लागेका हुन् । शुक्रबार कार्तिक आर्यन र कीर्ति सेनन अभीनित ‘शहजादा’ लाग्ने तय भए पनि ‘पठान’ले हल नछाड्ने आशंकासहित यो फिल्म १७ तारिखमा पुगेको थियो । खाली भएको यही मौकाको सदुपयोग गर्दै मल्टिप्लेक्सले पुराना प्रेमकथा देखाउन लागेका हुन् । 


Author

थप समाचार
x