सिनेमा

श्रीदेवीको जीवनी प्रकाशित गर्दै बोनी कपुर

इकागज |
माघ २७, २०७९ शुक्रबार ११:१३ बजे

मुम्बई - निर्माता बोनी कपुरले श्रीदेवीको जीवनी प्रकाशनको तयारी रहेको बताएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा किताबको नामसहित प्रकाशनको घोषणा गरेका हुन् । बोनीका अनुसार पुस्तकको नाम ‘दि लाइफ अफ ए लिजेन्ड’ रहनेछ । 

बोनीले लेखेका छन्, ‘श्रीदेवी प्रकृतिको प्रेरणा थिइन् । पर्दामा देखिन पाउँदा खुसी हुन्थिन् तर व्यक्तिगत जीवनमा लजालु थिइन् ।’ पुस्तकको लेखन श्रीदेवीको परिवारिक सदस्य धिरज कुमारले लेखेका हुन् । धिरज कुमारले लामो समय लगाएर र अनुसन्धान गरेर पुस्तक तयार पारेको बोनीको कथन छ ।  हिन्दीसँगै तमिल र तेलगु गरी ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी श्रीदेवी नृत्यका लागि भारतकै विख्यात अभिनेत्री मानिन्छिन् । 


उनले पद्यश्री, नेसनल अवार्ड र थुप्रै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन् । श्रीमान् बोनी कपुरसँगै दुबईको यात्रामा रहेको समयमा हृदयाघातका कारण उनको निधन भएको थियो । उनका जान्हवी र खुसी गरी दुई छोरी छन् । जसमध्ये जान्हवीले ‘धडक’बाट डेब्यू गरेकी थिइन् । 


Author

थप समाचार
x