सिनेमा

टेलर स्विफ्टको बिरालो विश्वकै धनी जनावर

इकागज |
पुस २४, २०७९ आइतबार १३:९ बजे

लसएन्जल्स- अमेरिकी गायिका टेलर स्विफ्ट धनी गायिका हुन्, यसमा कुनै शंका छैन । विश्वका जुन कुनामा पनि गुञ्जने गीतबाट उनले सेकेन्ड सेकेन्डमा पैसा कमाउँछिन् । तर रोचक कुरा के छ भने उनको घरमा टेलर स्विफ्ट मात्र होइन उनको बिरालोले पनि कमाउँछ । 

अल अबाउट क्याटका अनुसार टेलरको बिरालो ओलिभिया १२ सय करोड अमेरिकी डलरको मालिक हो ।  अल अबाउट क्याटका अनुसार टेलरले सन् २०१४ मा ओलिभियालाई घर भित्र्याएकी थिइन् । त्यसयता टेलरले बेला बेलामा ओलिभियासँगको फोटो सार्वजनिक गर्ने गरेकी छिन् । धेरै थाहा होला कतिपय यस्ता पोस्टबाट टेलरले राम्रो पैसा कमाउँछिन् । यसको केही हिस्सा ओलिभियाले पनि पाउँछिन् ।


योबाहेक ओलिभियाले टेलरसँग थुप्रै विज्ञापन र म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । यो सबैबाट पाएको पैसा जोड्दा ओलिभियाको पूँजी १२ सय करोड पुगेको हो । यति धेरै कमाइ गर्दा पनि ओलिभिया विश्वको धनी घरपालुवा जनावरमध्ये तेस्रोमा पर्छिन् । पहिलो नम्बरमा जर्मन सेफर्ड गुन्टुर ६ छ भने दोस्रोमा नाला नामको बिरालो छ ।  


Author

थप समाचार
x