सिनेमा

बाराक ओबामाले एक वर्षमा मन पराएका १७ सिनेमा

इकागज |
पुस ९, २०७९ शनिबार ११:४४ बजे

लसएञ्जल्स-  दुई पटक अमेरिकाको राष्ट्रपति भइसकेपछि समाजसेवामा सक्रिय बाराक ओबामाले फिल्म निर्माण कम्पनी खोलेर फिल्म तथा डकुमेन्ट्री निर्माणको कामलाई पनि अघि बढाइरहेका छन् । बाराक र श्रीमती मिसेल ओबामाले मिलेर हाइअर ग्राउन्ड पिक्चरको सुरुवात गरेका छन् जसले चार वर्षको अन्तरालमा फिल्म, डकुमेन्ट्री र सिरिज गरी दर्जन बढी फिल्म बनाएको छ ।

बाराक ओबामाको यो कम्पनीले प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पा र एडमन्ड हिलारीको आरोहणलाई लिएर नेटफ्लिक्सका लागि फिल्म निर्माण गर्ने घोषणा गरेको थियो र नेपालमा धेरै चरणमा यसका लागि अडिसन पनि भएको थियो । तर पछि ओबामा र नेटफ्लिक्स दुवै यो प्रोजेक्टबाट बाहिरिएका थिए । अष्ट्रेलियन निर्देशकको यो प्रोजेक्ट अहिले आफ्नै हिसाबले बन्ने चरणमा रहेको छ । 


तर सन् २०२२ लाई बिदा गर्दैगर्दा ओबामाले राजनीतिझैँ सिनेमामा पनि आफ्नो रुची गहिरो रहेको संकेत गरेका छन् । उनले शुक्रबार ट्वीट गर्दै सन् २०२२ मा आफूले हेरेर मनपरेका फिल्मको सूची पोस्ट गरेका छन् । उनले मन पराएको फिल्मको सूचीमा स्टिभन स्पिलवर्गको बायोग्राफिकल सिनेमा ‘दि फेबल्समेन’ देखि आफ्नै कम्पनीले बनाएको ‘डिसेन्डेन्ट’ सम्म रहेका छन् ।

सूचीमा उनले यो सालको अन्तर्राष्ट्रिय फिचर फिल्मको दाबेदार मानिएको दक्षिण कोरियन थ्रिलर ‘डिसिजन टु लिभ’ देखि गत सालको कान्सको पाम डी अर विजेता ‘अ हिरो’सम्म समेटेका छन् । उनको सूचीमा टम क्रुजको एरियन एक्सन फिल्म ‘टप गन माभरिक’ पनि अटाएको छ । 


Author

थप समाचार
x