सिनेमा

हरर थ्रिलर  ‘चि मुसी चि:' को ट्रेलर सार्वजनिक

इकागज |
पुस ७, २०७९ बिहीबार १०:११ बजे

काठमाडौँ- हरर थ्रिलर  ‘चि मुसी चि: को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाएको छ । एक अपरिचित बालिकाको जसको वरिपरि ट्रेलरले चक्कर कटाउँछ ।

उक्त बालिकाले अन्य पात्रहरुलाई दु:ख दिएपनि त्यस पछाडिको कारण सस्पेन्स राखिएको छ । ​मिर्ना जेम्स र यश सैनी निर्देशित सिनेमाले दर्शकमा डर र कौतुहलता जगाउन सफल हुन्छ । अन्तिममा ऋचा शर्माले बोल्ने संवाद, ‘छोराको चाहमा सानो बच्चालाई बली दिइयो’ले रहस्यको ढोका खोल्ने प्रयास गरेको छ ।


मिर्ना र यश कै कथा/पटकथा रहेको सिनेमामा ऋचासंगै प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।

सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता पैदा गर्नेमा निर्माण पक्ष आशावादी देखिएको छ । प्राय: नेपालमा निर्माण हुने हरर सिनेमा भन्दा ‘चि मुसी चि’ भिन्न रहेको निर्माण पक्षले बताएको छ ।

पुष २२ देखि अलनेपाल प्रदर्शनमा आउने सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । ​एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।

 


Author

थप समाचार
x