सिनेमा

‘कान्तारा’ नहेरेपछि रश्मिकालाई गाली

इकागज |
कात्तिक २३, २०७९ बुधबार १०:५६ बजे

मुम्बई - ‘पुष्पा’ अभिनेत्री यतिबेला करिअरको उचाइमा छन् । दक्षिण भारतीयदेखि बलिउड फिल्मसम्म पनि उनी छाएकी छिन् । हालसालै विजयको नयाँ फिल्म ‘भरिसु’को गीतबाट नयाँ रेकर्ड कायम गर्न सफल रश्मिका ट्रोलरका कारण भने हैरान रहिछिन् । उनले मंगलबार लामो इन्स्टापोस्ट लेख्दै आफूमाथि विनाकारण पनि ट्रोल हुने गरेकोमा गुनासो गरेकी छिन् । 

पहिलादेखि नै ट्रोलरको निशानामा पर्दै आएकी रश्मिका यो पटक भने  ‘कान्तारा’का कारण भुङ्ग्रोमा परेकी हुन् । भएको के थियो भने केही दिनअघि रश्मिकालाई हैदराबाद एयरपोर्टमा पत्रकारले ‘कान्तारा’ हेरेको कि नहेरेको भनेर सोधेका थिए । जवाफमा रश्मिकाले अहिलेसम्म आफूले फिल्म नै नहेरेको जवाफ दिएकी थिइन् । बस यतिभएपछि ट्रोलरलाई मसला पुगिगो । उनीहरूले रश्मिकाले ‘आफ्नो संस्कार र संस्कृतिको सम्मान गर्न नसक्ने, मात्तिएकी, पात्तिएकी’ आदि गालीसहित ट्रोल बर्साउन थाले । 


खासमा रश्मिकालाई फ्यान वा ट्रोलले खेदो खन्नुको कारण भने अर्कै छ । रश्मिकाले कन्नड फिल्म ‘किरक पार्टी’बाट अभिनय यात्रा सुरु गरेकी छिन् । यो फिल्मका निर्देशक थिए रिसब सेठ्ठी जो‘कान्तारा’का पनि निर्देशक तथा कलाकार हुन् । ट्रोलरले आफूलाई ब्रेक दिने निर्देशकको फिल्म नहेरेर रश्मिका ‘ठूलो पल्टिएको’ भन्दै असन्तुष्टि जनाएका हुन् । 


Author

थप समाचार
x