सिनेमा

सेलेनालाई आमा बन्न नपाउने डर !

इकागज |
कात्तिक १९, २०७९ शनिबार १५:३९ बजे

लसएन्जल्स-  एप्पल टिभीमा भर्खरै अमेरिकन गायिका तथा नायिका सेलेना गोमेजको जीवनीमा आधारित डकुमेन्ट्री सार्वजनिक भएको छ । ‘माई माइन्ड एन्ड मी’ शीर्षकको यो डकुमेन्ट्रीको प्रचारका क्रममा गोमेजले आफ्नो भविष्यका योजनाका बारेमा कुरा गरेकी थिइन् । यो गर्ने क्रममा उनले आफूले चाहेर पनि गर्न नसक्ने सम्भावित काममा आमा बन्न नसक्ने कुरालाई उनले प्राथमिकतामा राखेकी थिइन् । 

‘मलाई ठूलो परिवार मन पर्छ । तर म आफैँ भने आमा बन्न सक्छु जस्तो लाग्दैन,’ उनले फक्स न्युजसँगको कुराकानीमा भनेकी थिइन् । सेलेना आमा बन्न नसक्ने कारण भने उनको रोग र यसका लागि उनले खाइरहेको दबाइ हो । सेलेनाका अनुसार उनले ‘बाइपोलर डिसअर्डर’को दबाई खाइरहेकी छिन् र यो दबाई लिउन्जेल बच्चा पाउन सम्भव छैन । तर सेलेनाले अन्य उपायबाट पनि परिवार भने बनाउन सकिने बताएकी छिन् ।


योभन्दा पहिला सेलेनालाई लुपस भन्ने रोग लागेको थियो र उनको मृगौला पनि प्रत्यारोपण गरिएको थियो । यस्ता सबै कारणले सेलेना आमा बन्ने कुरामा सशंकित भएकी हुन् । उनले नयाँ रिलिज डकुमेन्ट्रीमा भने करिअरको उतारचढावको बारेमा कुरा गरेकी छिन् । उनले जस्टिन विबरसँगको ब्रेकअपको समय जिन्दगीकै कठिन समय भएको बताएकी छिन् । 


Author

थप समाचार
x