सिनेमा

जापानमा पनि ‘आरआरआर’को रेकर्ड, बन्यो सबैभन्दा बढी कमाउने भारतीय फिल्म

इकागज |
कात्तिक १३, २०७९ आइतबार १६:३० बजे

मुम्बई - मार्चमा रिलिज भएयता पैसा छापिरहेको फिल्म ‘आरआरआर’ले जापानमा पनि यो लय कायम राखेको छ । योसँगै फिल्म फिल्मले विश्वभरबाट हजार करोड ज्यादा कमाइ गरेको भेराइटीले उल्लेख गरेको छ । फिल्मले नर्थ अमेरिकाबाट मात्र १ सय ४५ करोड कमाइ गरेको थियो । 

जापानमा यो फिल्म ४४ सहरका २०९ पर्दामा रिलिज भएको थियो । आइम्याक्स हलमा रिलिज भएको फिल्मले अहिलेसम्मकै धेरै सो पाएको थियो ।फिल्मले पहिलो हप्ता ४ करोड रुपैँया कमाएको भेराइटीले समाचार लेखेको छ । र, भेराइटीका अनुसार जापानमा पहिलो हप्ता यतिविधि कमाउने ‘आरआरआर’ पहिलो फिल्म हो ।


प्रदर्शन थाल्दा नै यो फिल्मले सर्वाधिक कमाउने दस फिल्ममध्ये अन्तिममा आफूलाई सूचिकृत गर्न सफल भएको थियो । बक्समा योभन्दा अगाडि रहेका सबै ९ फिल्म जापानिज नै थिए । तर ‘आरआरआर’ले जापानमा रिलिज भएका विदेशी फिल्मलाई भने उछिनेको तथ्यांक छ । ‘आरआरआर’ रिलिज भएकै समयमा जापानमा ‘ब्याड गाइज’, ‘स्पेन्सर’ र ‘जुरासिक वल्र्ड डोमिनियन’ रिलिज भएका थिए । 

तर जापानमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड रजनिकान्तको नाममा छ । उनको मुख्य भूमिका रहेको ‘मुथ्थु’ले त्यहाँबाट २२ करोड कमाइ गरेको छ । जापानका सीमित पर्दामा रिलिज भएको यो फिल्म वर्षौँसम्म चलेको थियो । जापानमा राम्रो कमाइ गर्नेमा एसएस राजामौलीकै ‘बाहुबली २’, आमिर खानको ‘दंगल’, श्रीदेवीको ‘इंग्लिस विङिग्लस’, अक्षयकुमारको ‘प्याडमेन’ आदि फिल्म रहेका छन् । 


Author

थप समाचार
x