सिनेमा

फिल्म निर्माणसँगै अभिनयमा डेब्यू गर्दै धोनी

इकागज |
असोज ३०, २०७९ आइतबार १५:४३ बजे

मुम्बई- भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले निर्माण कम्पनी खोलेर दक्षिण भारतीय फिल्ममा लगानी गर्ने खबर सेलाउन नपाउँदै, धोनीलाई लिएर अर्को खबर पनि फैलिएको छ ।भारतीय मिडियाका अनुसार धोनी आफूले निर्माण गर्ने फिल्ममा आफैँले केमियो पनि गर्ने तयारीमा छन् । समाचारअनुसार धोनीले धोनी इन्टरटेनमेनमेन्टमार्फत तमिल, तेलगु र मलयालम फिल्म बनाउँदैछन् । 

उनले आफूले निर्माण गर्ने फिल्ममा विजय र महेशबाबुलाई लिने सोच बनाइरहेका छन् । उनले कन्नड र मलयालममा बन्ने फिल्मका लागि भने सुकुमार र किच्चा सुदीपसँग सहकार्य गर्ने तयारी गरिरहेका छन् । तर खबरअनुसार विजयले मुख्य भूमिका निर्वाह गर्ने फिल्ममा धोनी आफैँ पनि केमियो गर्ने तयारी गरिरहेका छन् । 


धोनीको प्रडक्सन कम्पनीले यसअघि नै तीनवटा फिल्म बनाइसकेको छ । तर धोनी इन्टरटेनमेन्टले सानातिना फिल्म हैन ठूला फिल्ममा लगानी गर्ने गरी चेन्नईमा नयाँ अफिस लिएर ठूला बजेटका फिल्म बनाउन लागेको हो । फिल्ममा पहिलो पल्ट अभिनय गर्ने तयारी गरे पनि धोनीले हजारौँ विज्ञापन फिल्म खेलेका छन् । 
 


Author

थप समाचार
x