सिनेमा

कमल हासनको ‘विक्रम’ बन्यो इतिहासमै सबैभन्दा धेरै कमाउने फिल्म

इकागज |
भदौ १३, २०७९ सोमबार १२:३९ बजे

तमिल - कमल हासनको मुख्य भूमिका रहेको फिल्म ‘विक्रम’ तमिल भाषामा बनेका फिल्ममध्ये सर्वाधिक कमाउने फिल्म बनेको छ । फिल्मले विश्वभरबाट ४ सय ३२ करोड ५० लाख रुपैँया गरेको छ । तमिल भाषामा बनेका फिल्ममध्ये सर्वाधिक कमाइ गरेर इतिहास राख्ने क्रममा यो फिल्मले ‘बाहुबली’ र ‘रोबोट २’लाई पछि पारेको हो । 
फिल्मले भारतबाट ३ सय ७ करोड कमाइ गरेको हो भने भारतबाहिरबाट १ सय २५ करोड कमाइ गरेको हो । जुनबाट प्रदर्शन यात्रा थालेको फिल्मले बुलेट ट्रेनको गतिमा कमाइ गर्दै बक्स अफिसका रेकर्ड भत्काएको हो ।  

नयाँ इतिहास बनाउने क्रममा यो फिल्मले ‘बाहुबली २’लाई ४० करोडले उछिनेको हो । ‘बाहुबली २’अघि यो रेकर्ड सन् २०१० मा बनेको ‘इथिरन’ को नाममा थियो । यो फिल्म १ करोड दर्शकले हेरेका थिए । 


यो रेकर्डलाई चार पाँच वर्षअघिको फिल्म रजनीकान्त र अक्षयकुमारको फिल्म ‘२.०’ले तोडेको थियो । उसबेला यो फिल्मले देशविदेशमा गरी २ करोड ८८ लाख कमाइ गरेको थियो । यसले हिन्दी भर्सनबाट राम्रो कमाइ गरेको थियो । लोकेश कंगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा कमल हासनबाहेक सेतुपति र फवाद फजिल छन् । फिल्ममा सूर्याको पनि केमियो रहेको थियो । 
 


Author

थप समाचार
x