सिनेमा

फिल्मफेयरले अवार्डमा बोलाएको भन्दै मुद्दा हाल्ने तयारीमा कंगना

इकागज |
भदौ ५, २०७९ आइतबार १७:३४ बजे

मुम्बई-  अभिनेत्री कंगना रनावतले फिल्मफेयर अवार्ड तथा यसको आयोजना गरिरहेको फिल्मफेयर पत्रिकालाई मुद्दा हाल्ने जनाएकी छिन् । उनले आफूले सन् २०१४ देखि सो अवार्ड बहिष्कार गर्दै आइरहेको भए पनि यो साल आफूलाई ‘थलाइवी’बाट मनोनयनमा पारेर अवार्ड दिनका लागि तारन्तार फोन गरेको भन्दै असन्तुष्टि जाहेर गरेकी हुन् । उनले इन्स्टामा आफूले सो अवार्डलाई ८ वर्षदेखि बहिष्कार गरेको जनाउँदै त्यसका बावजुद आयोजकबाट बारम्बार फोन आउँदा आफ्नो मर्यादामा आँच पुगेको उल्लेख गरेकी छिन् ।

‘मैले अनैतिक र कुसंस्कार फैलाउने यो अवार्डलाई मतलब गर्न छाडेको ८ वर्ष भइसक्यो । तर अहिले मलाई थलाइवीबाट अवार्ड दिनेभन्दा बारम्बार फोन गरिरहेका छन् । मलाई अझै मनोनयन गरेको देखेर म चकित छु,’ उनले लेखेकी छिन्, ‘यो मेरो आत्मसम्मान र नैतिकताको विरुद्धमा हो । त्यसैले मैले यो पत्रिकाविरुद्ध मुद्दा हाल्ने निर्णय गरेकी छु ।’


उनले लता मंगेशकरको निधनमा अस्कर अवार्ड तथा एम्मी अवार्डले सम्मान नदेखाएको भन्दै यी दुवै अवार्ड पनि बहिष्कार गर्नुपर्ने बताउँदै आएकी छिन् । केही दिनअघि सार्वजनिक फिल्मफेयरको मनोनयन अनुसार कंगना कृति सेनन, कियरा आडवानी आदिसँगै उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी छिन् ।


Author

थप समाचार
x