सिनेमा

‘स्टुडेन्ट अफ दि इयर’मा आलियाले कति पाएकी थिइन् पारिश्रमिक ?

इकागज |
भदौ ५, २०७९ आइतबार १४:३५ बजे

मुम्बई - यो साल ठूला स्टार र ठूलो बजेटका फिल्म बक्स अफिसमा धरासायी हुँदा आलिया भट्ट मात्र यस्तो भाग्यमानी रहिन् जसको फिल्मले निर्माता बचायो । उनले अभिनय गरेको ‘गंगुबाई काठियावाडी’ यो वर्षको तेस्रो हिट फिल्म हो । नयाँ वर्ष लागेयता रिलिज भएका हिन्दी फिल्ममध्ये ‘गंगुबाई काठियावाडी’ बाहेक ‘काश्मिर फाइल्स’ र ‘भूलभूलैया’लाई स्पष्ट नाफा कमाउने फिल्म मानिएको छ । 

हलबाहेक ओटीटीमा पनि आलियाको सफलता लोभलाग्दो छ । केही दिनअघि मात्र नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘डार्लिङ’ले आलिया भट्टको चर्चा चुलीमा पुर्याएको छ भने प्रदर्शनको क्रममा रहेको ‘ब्रम्हास्त्र’लाई पनि प्रतीक्षित फिल्म मानिएको छ । 


अहिलेको समयमा सबैभन्दा भरपर्दो नायिका मानिएकी आलियाले अहिले फिल्म खेलेवापत ४–५ करोड पाउँछिन् । तर के पहिलो फिल्म ‘स्टुडेन्ट अफ दि इयर’मा उनले यस्तै पारिश्रमिक पाएकी थिइन् त ? आलियाका अनुसार पहिलो फिल्मबाट उनले जम्मा १५ लाख पारिश्रमिक पाएकी थिइन् ।

मिड डेमा कुरा गर्दै उनले बताएअनुसार करण जौहरले उनलाई पहिलो फिल्ममा अभिनय गरिदिएवापत १५ लाखको चेक दिएका थिए जुन चेक उनले आमा सोनी राजदानलाई जस्ताको तस्तै दिएकी थिइन् । आलियाले मिडडेसँगको कुराकानीमा अहिले पनि आफ्नो पैसाको कारोबार आमाले नै हेर्ने बताएकी छिन् । 


Author

थप समाचार
x