Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सिनेमा

भारतको युट्युब टपटेन : हनुमान चालिस १ नम्बरमा, बाँकीमा भाषाभाषीका गीत

इकागज |
साउन २, २०७९ सोमबार १२:२१ बजे

मुम्बई-  १ अर्बभन्दा बढी जनसंख्या भएको भारतमा कुनै गीत वा फिल्म २४ घन्टामै करोडौंले हेर्नु ठूलो कुरा होइन । तर जति जनसंख्या छ त्यति सबैले युट्यबु खोलेर गीत हेर्छन् भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले यहाँ पनि कुनै पनि सिर्जना अरबले हेर्नु ठूलै कुरा हो । तर के यसरी हेरिनेमा बलिउड कलाकार पर्छन् ? पर्दैन । भारतीय पत्रिका अमर उजालाले निकालेको तथ्यांकले भारतको युट्युबमा सर्वाधिक हेरिने कन्टेन्टमा हनुमान चालिस छ । टिसिरिजको भक्तिसागर च्यानलसमा ११ वर्षअघि सार्वजनिक भएको यो भजनलाई दुई अर्ब ५३ करोडले हेरेका छन् । 

दोस्रो स्थान पनि टिसिरिजकै कब्जामा छ र यो हो ध्वनि भानुशालीको ‘वास्ते’ । जम्मा तीन वर्षअघि सार्वजनिक भएको यो गीतले १ अर्ब ४२ करोड, ९० लाख भ्युज पाएको छ । युट्युबमा सर्वाधिक हेरिने तेस्रो स्थानमा छ , प्रान्जल दहियाको ‘५२ गज दामन’ । दुई वर्षअघि सार्वजनिक भएको यो गीतले १ अर्ब ४२ करोड, ४२ लाख दर्शकको साथ पाएको छ । 


चौथो स्थानमा भने पञ्जाबी गीत ‘लोंगा लाची’ रहेको छ । यो गीत पनि टिसिरिजकै लेबल अन्तर्गत आएको हो । युट्युबमा सर्वाधिक दर्शक पाउने सूचीको पाचौँ नम्बरमा बल्ल फिल्मको गीतले स्थान बनाएको छ । त्यो गीत हो धनुष अभीनित ‘मारी२’को ‘राउडी बेबी’ । यो गीत अर्ब भ्युज पाउने पहिलो तमिल गीत बनेको थियो । धनुष र धीले गाएको यो गीतले १ अर्ब ३८ करोड भ्युज पाएको छ ।

राहत फतेह अली खानको ‘जरुरी था’ यो सूचीको छैटौँ स्थानमा छ । सन् २०१४ मा सार्वजनिक भएको गीत संगीतको म्युजिक भिडियोको ट्रेन्डिङमा अहिले पनि ९४ नम्बरमा रहेको छ । यो गीतले १ अर्ब ३२ करोड भ्युज पाएको छ । नेहा कक्कर र टोनी कक्करको स्वर रहेको ‘मिले हो तुम’को रिप्राइज भर्सन यो सूचीको सातौँ स्थानमा छ । जी म्युजिक कम्पनीको लेबलबाट यो गीतलाई अहिलेसम्म १ अर्ब २२ करोड दर्शकले हेरेका छन् । 

आठौँ स्थानमा जुबिन नौटियाले गाएको ‘लुट गए’ छ । टिसिरिजकै लेबलबाट आएको गीतमा इमरान हासमीले अभिनय गरेका छन् । तनिष्क बाग्चीले संगीत गरेको यो गीतले १ अर्ब २१ करोड दर्शक पाएको छ । यो गीत सन् २०२१मा सार्वजनिक भएको हो । 

यो सूचीको नवौँ र दसौँ स्थान भने हिन्दी फिल्मका रिमिक्स गीतले ओगटेका छन् । जसमा नवौँ स्थानमा नोरा फतेही नाचेको ‘दिलबर’ गीत छ भने दसौँ स्थानमा छ ‘आँख मारे’ । यी दुवै गीत पुराना गीतका रिमिक्स हुन् । यसमा ‘दिलबर’ हेर्ने दर्शक १ अर्ब १८ करोड छन् भने ‘आँख मारे’ हेर्ने १ अर्ब १७ करोड छन् । 
 


Author

थप समाचार
x