सिनेमा

क्रिस इभान्सले मार्भलका फिल्म नगर्ने

इकागज |
असार २६, २०७९ आइतबार १४:५ बजे

लसएन्जल्स - क्रिस इभान्स मार्भल सिनेम्याटिक युनिभर्सको हिस्सा नबन्ने भएका छन् । क्रिस इभान्स मार्भल क्याप्टेन अमेरिकाको भूमिकाका लागि फर्कन लागेको चर्चाबीच क्रिसले यस्तो घोषणा गरेका हुन् । क्रिसको यो घोषणाले फ्यान भने निराश भएका छन् । 

क्रिसले नै साम विल्सन नयाँ क्याप्टेन अमेरिका बन्ने पनि घोषणा गरेका छन् । क्रिसले केही समयअघि आफू क्याप्टेन अमेरिकाको भूमिकामा देखिन इच्छुक नरहेको बताएका थिए । यसका लागि उनले आफू एन्जाइटीको समस्यासँग जुधिरहेको र अभिनयबाट नै सन्यास लिन लागेको बताएका थिए । 


स्टिभ रोजर्सको नाममा क्रिसले सन् २०११ देखि अहिलेसम्म ७ वटा मार्भल युनिभर्सका फिल्ममा अभिनय गरेका छन् । ‘एभेन्जर एन्ड गेम’ उनले गरेको अन्तिम फिल्म थियो । मार्भलले नयाँ फिल्म गर्न लागेको तयारीबीच क्याप्टेन मार्भलको घोषणा भएपछि उनको नाम सतहमा आएको हो । जसलाई उनले खारेज गर्दै आफू मार्भलको फिल्मको हिस्सा नै नबन्ने बताएका हुन् । 


Author

थप समाचार
x