आमचुनाव २०७९

'बुथ क्याप्चर'को झल्को दिने स्याङ्जा चापाकोट-३ को मत परिणाम

इकागज |
मंसिर १७, २०७९ शनिबार १३:२५ बजे

काठमाडौँ- स्याङ्जा २ मा मत गणना जारी छ । चापाकोट नगरपालिकाका-३ को मत गणना सकिएको छ ।

उक्त वडामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १४२६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेकी पद्मा अर्यालको १०३ मत पाएकी छन् । यो वडामा अर्यालभन्दा गुरुङ १३२३ मतले अगाडि छन् । 


त्यसैगरी प्रदेशमा त्यसरी नै मत परिणाम आएको छ । प्रदेशसभा २ मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईलाई पनि १४२६ मत आएको छ । नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १०३ मत पाएका छन् ।

चापाकोट नगरपालिकाका वडा नम्बर ३,४ र ५ मा बुथ क्याप्चर भएको भन्दै एमालेले पुन: मतदानको माग गरेपनि निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो । तर मत परिणामले 'बुथ क्याप्चर'को झल्को दिएको छ ।


Author

थप समाचार
x