ब्रान्‍ड

अभिनेत्री पन्तले गरिन् नयाँ सि.जी. चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

इकागज |
चैत १०, २०८० शनिबार २१:१६ बजे

काठमाडौँ- चौधरी ग्रुप अन्तर्गत अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा. लि.ले आफ्नो ब्रान्ड एम्बेस्डर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौँमा भएको एक कार्यक्रममा नयाँ सि.जी. चिम्नी र एल.ई.डी. बल्बको अनावरण गरेका छन् ।

उक्त कार्यक्रममा, सि.जी. ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरूः CGCT90FLDC, CGCT75FLDC, CGCT90DBDX / CG–CT75YC आधिकारिक रूपमा अनावरण गरिएको छ । HAC​ फिल्टरलेस सिरिजमा ९० से.मी. र ७५ से.मी.मा उपलब्ध छ । 1250 m3/hr  को उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, रु. २६,५९० र रु. २५,७९० क्रमशः उपलब्ध छन् । HAC फिल्टर श्रृंखलामा, CGCT90DBDX मोडेल CGCT90DB को लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई 1350m3/hr मा अपग्रेड गरेर लन्च गरिएको छ ।


यसका विशेषताहरूको बारेमा कुरा गर्दा, यसमा बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच/मोशन कन्ट्रोल छ । यसको मूल्य रु. २९,१९० रहेको छ । तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टीसहित आउँदछन् । अनावरण गरिएको चौथो मोडेल CG–CT75YC  हो । जसको मूल्य रु. २२,३९० रहेको छ । यसमा 1250m3/hr, उच्च सक्शन पावर, टच र मोशन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ से.मी.मा उपलब्ध छ । यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।

विद्युतीय सामाग्रीमा, ५ घण्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ, २२०० mAh li–ion ब्याट्री र ≥ ०.५ को उच्च PF जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ । यसमा १२ महिनाको वारेन्टी छ र फ्री होल्डरको साथ आउँछ । स बजारको तुलनामा यो बल्ब उज्ज्वल, उल्लेखनीय र उत्कृष्ट छ । यसको मूल्य रु. ७५० रहेको छ ।

सुरक्षा पन्त र सि.जी. इलेक्ट्रिकबीचको सहकार्यले निश्चित रूपमा हाम्रा अन्तिम ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै आएको छ ।

सुरक्षा पन्त झण्डै एक वर्षदेखि सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डर हुन् । सि.जी. अधिकारीले कार्यक्रममा पन्तको उपस्थिति र सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन् ।


Author

थप समाचार
x