ब्रान्‍ड

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति पर्छ मूल्य ?

इकागज |
फागुन १९, २०८० शनिवार १४:४१ बजे

काठमाडौँ- अहिले मानिसहरूमा उत्कृष्ट क्यामरा र अत्याधुनिक प्रविधियुक्त स्मार्टफोनहरूप्रतिको आकर्षण विश्वव्यापी रूपमा बढ्दो छ । चाहे आफ्नो जीवनका अमूल्य पलहरू कैद गर्न होस् वा लेटेस्ट प्रविधिको प्रयोगका लागि होस्, सबैले अत्याधुनिक प्रविधियुक्त र जोडदार क्यामेरा भएको उत्कृष्ट स्मार्टफोन खोज्छन् । राम्रो फोटो खिच्न, आफ्ना साथीभाई आफन्तसँग राम्रोसँग भिडियो कल गर्न या अहिलेको व्यस्त जीवनशैली सुहाउँदो ग्याजेट चलाउन चाहनकै लागि भए पनि मानिसहरूले नयाँ किन्ने स्मार्टफोनमा क्यामेरा चाँहि उत्कृष्ट नै खोज्छन् ।

ग्राहकहरूको यही माग र चाहनालाई सम्बोधन गर्न अहिले बजारमा रियलमीको रियलमी सि ५३ उपलब्ध छ । रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा रहेको छ जुन यो मूल्यमा पाउने फोनहरूमध्य सबैभन्दा धेरै हो । यदि तपाईँ कम मूल्यमा राम्रो क्यामेरा भएको फोन खोज्दै हुनुहुन्छ भने  रियलमी सि ५३ सही रोजाइ हो ।


बेजोड फोटोग्राफी:

यसमा भएको सबैभन्दा ठूलो क्यामेरा सेन्सरले फोटोमा हरेक रंगहरू प्रष्ट देखाउनुका साथै कम उज्यालोमा पनि सानो-सानो डिटेलसहित फोटो खिच्दछ । साथै यसको ३ टाईम्स इन् सेन्सर जूमले कुनै तस्बिरहरू जूम गर्नुपर्यो भने पनि १००% रिजोलुसनमा फोटो खिच्न सक्छ । रियलमीको सी सिरिजमा यो फिचर भएको रियलमी सि ५३ पहिलो मोडल हो । १०८ एमपिको क्यामरा भए पनि यसको फोटो प्रोसेसिङ टाईम कम भएकोले फुल रेजोलुसनमा खिच्दा पनि समय लाग्दैन । साथै यसमा भएको ०.३ एमपिको क्यामराले सुन्दर पोट्रेट सटहरू लिन्छ भने सेल्फीको लागि ८ एम पिको क्यामरा राखिएको छ जसले तपाईको सेल्फी गेम खतरा बनाउँछ ।

उत्कृष्ट डिजाइनः

रियलमी सि ५३ को क्यामरा मात्र हैन, डिजाइन पनि उत्कृष्ट छ । अल्ट्रा-स्लिम र प्रिमियम डिजाइन रहेको यस रियलमी सि ५३ कम्प्याक्ट र हलुका तौलको छ ।  जसले गर्दा यो स्मार्टफोन ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्न पुगेको छ ।

शक्तिसाली ब्याट्री र दमदार पर्फर्मेन्स:

५००० एमएएचको शक्तिशाली ब्याट्री र १८ वाटको फास्ट चार्जरसहित आउने यस रियलमी सि ५३ मा दिनभरी आरामसँग भिडियो हेर्न अथवा गेम खेल्न मिल्छ । रियलमी सि ५३ मा बलियो युनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँही ६+१२८ जिबिको रहेको छ । ६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्ट्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ गेम खेल्न पनि उपयुक्त छ ।

च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याक जस्ता आकर्षक रङहरूमा उपलब्ध रहेको छ यस रियलमी सि ५३ को मूल्य भने मात्र रु. १६,४९९ रहेको छ ।
 


Author

थप समाचार
x