ब्रान्‍ड

आइफोन प्रयोगकर्ताका लागि लक्षित एमसीडोडोका एक्सेसरिज नेपाली बजारमा

इकागज |
फागुन १४, २०८० सोमबार २०:८ बजे

काठमाडौँ- विश्वव्यापी रूपमा निकै प्रसिद्ध एक्सेसरिज ब्रान्ड एमसीडोडोका उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुने भएको छ । एडुटेक इन्टरनेशनल प्रा.लि. ले आइफोन प्रयोगकर्ताहरूका लागि लक्षित गर्दै उक्त ब्रान्डलाई नेपालमा भित्र्याएको हो ।

एमसीडोडोको नेपालका लागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टीडब्लुएस इयरबडहरू, वायरलेस पावरबैंक, यूएसबी केवल, म्यागनेटिक फोन केश लगायतका उत्पादनहरू उपलब्ध गराउँदै आइरहेको छ । उक्त एक्सेसरिजहरू एमपीआई (मेड फर आइफोन) सटिफाइड छन् । र, नेपाली बजारमा एमसीडोडोका रु ५०० देखि १२,००० हजार मूल्यसम्मका एक्सेसरिजहरू रहेका छन् ।


बढ्दो आइफोन प्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्ताहरूलाई सहजीकरण गर्न एडुटेकले एमसीडोडोको विभिन्न एक्सेसरिजहरू– आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केवल, इयरबडहरू ल्याएको छ । उक्त एक्सेसरिजहरू विभिन्न कलर अप्सनमा प्रयोगकर्ताहरूले देशभरका विभिन्न रिटेल पसलहरू तथा दराजबाट खरिद गर्न सक्नेछन् । 

एमसीडोडोका उत्पादनहरू उच्च गुणस्तरिय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज अवधारणामा निर्माण गरिएका छन् । यसका उत्पादनहरू यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढी देशहरूमा उपलब्ध छन् । 


Author

थप समाचार
x