ब्रान्‍ड

वर्ल्ड नम्बर वान मेजर अपलाइन्स प्रोडूसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा

इकागज |
माघ २८, २०८० आइतबार २०:१० बजे

काठमाडौँ- नेपालका लागि वर्ल्ड नम्बर वान मेजर अपलाइन्स प्रोडूसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ । ५०८ लिटरको क्षमतामा उपलब्ध  चेस्ट फ्रिजरमा –24 डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरूलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ ।

कम्पनीका आनुसार माइडियाको  चेस्ट फ्रिजरको 5-Side Cooling System (4 Sides+ Bottom Square) र Midea D+, Quick Freezing System, D-shaped Refrigerating Tube Placement, यो चेस्ट फ्रिजरले  Two Way Uniform Refrigeration Technology को मद्दतले छिटो र प्रभावकारी Cooling सुनिश्चित गर्दछ । यसले गुणस्तरमा कुनै सम्झौता नगरी  फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहन्छ भन्ने ग्यारेन्टी दिन्छ साथै उपभोक्ता र व्यवसायहरूका विभिन्न आवश्यकताहरू पूरा गर्न अत्याधुनिक  सुविधाहरू  रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्दछ । चेस्ट फ्रिजर 1530x745x875mm डाइमेन्सन रहेको छ ।


यसमा  रहेको ५०८ लिटर क्षमताले आवश्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र  भित्र रहेको एलइडी लाइटले उपभोक्तालाई कम उज्यालो अवस्थामा पनि सहज बनाउँछ । पफर्मेन्स मात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यन्त उत्कृष्ट रहेको छ, यसको पातलो र अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राख्छ, परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ ।  यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

माइडिया ब्रान्डका 99L , 143L, 194L, 198 लिटर क्षमता चेस्ट फ्रिजर नेपाली बजारमा उपभोक्ताले अत्यन्त रुचाएका चेस्ट फ्रिजर हुन्, त्यस्तै Multi Door Refrigerator, Side By Side Refrigerator, Microwave oven, Air fryer, washing Machine, Washer Dryer, vacuum Cleaner, Electric Pressure Cooker, Induction, Fan Heater, OFR Heater, PTC Heater, Fan, जस्ता विभिन्न  माइडिया ब्रान्डका अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।


Author

थप समाचार
x