ब्रान्‍ड

नेपाल आउँदै बोल्टका उत्पादनहरू

इकागज |
माघ १६, २०८० मंगलबार २१:२४ बजे

काठमाडौँ- भारतीय अडियो कम्पनी बोल्टको इयर-बड र स्मार्ट-वाचहरू नेपालमा उपलब्ध हुने भएको छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन-इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरू डिजाइन र निर्माण गर्दै आएको छ । हालसम्म २ करोडभन्दा बढी उत्पादनहरू बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।


जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकता बमोजिमका बोल्ट स्मार्टवाच र TWS (वायरलेस स्टेरियो) इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो ।

पछिल्लो समय अडियो एसेसरिजहरूको माग तीब्र गतिमा बिक्री भइरहेको छ । बोल्टले भारतमा आक्रामक व्यवसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ । नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।


Author

थप समाचार
x