ब्रान्‍ड

सिजी डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

इकागज |
पुस १५, २०८० आइतबार २१:१३ बजे

काठमाडौँ- सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झटबिना, त्यो पनि क्रेडिट कार्डबिना नै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर खरिद गर्न सकिने भएको छ ।

यो सहकार्यले गर्दा अब १२ महिने शून्य प्रतिशत किस्ताबन्दीका लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरूका लागि थप अवसर खोलेको हो ।


ग्राहकहरूले एलजी, सिजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू विशेष छुटमा नै शून्य प्रतिशत किस्ताबन्दी सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो सुविधा उपत्यका भित्र रहेका सबै सिजी डिजिटल शोरूमहरूमा उपलब्ध हुनेछ। थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९ र ९८५१२३७०३८ मा फोन गर्न सक्ने कम्पनीले जनाएको छ।


Author

थप समाचार
x