ब्रान्‍ड

'हन्टर टिकटक च्यालेन्ज २०२३' का विजयीहरूलाई नगद हस्तान्तरण

इकागज |
कात्तिक २३, २०८० बिहीबार १८:१६ बजे

काठमाडौँ- रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिद्वारा आयाेजित  'हन्टर टिकटक च्यालेन्ज २०२३' का विजयीहरूलाई नगर पुरस्कार हस्तान्तरण गरिएकाे छ । आज एक कार्यक्रमकाे आयाेजना गर्दै प्रालिले उक्त घाेषित नगर रकम विजयीहरूलाई हस्तान्तरण गरेकाे हाे । 

रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५०सिसिलाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडियामार्फत् आकर्षित गर्न अल्फा अटोमोटिभले मिति ०६/०६/२०८० देखि ३०/०६/२०८० सम्म 'हन्टर टिकटक च्यालेन्ज २०२३' काे सन्चालन गरेको थियो । जहाँ प्रतियोगीहरूले नियमपूर्वक सहभागिता जनाएका थिए । मिति १९/०६/२०८० मा Tiktok र facebook live मार्फत् नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद हस्तान्तरण गरेकाे अल्फा अटोमोटिभले जनाएकाे छ ।


च्यालेनजको नियम अनुरूप तीन जनालाई विजेता घोषणा गरिएको थियाे । जसमध्ये पोखराका पदम लामा (@journey_continues) लाई प्रथम पुरस्कार बापत १ लाख नगद दिइएकाे छ । भने, पोखराकै स्मिता घिमिरे (@esmeetaghimire0611)​ लाई दोस्रो पुरस्कार बापत ६० हजार नगद दिइएकाे छ । र, तेश्रो पुरस्कार बापत ४० हजार नगद हेटौंडाका रजक शाही (@raajak_shahi) ले प्राप्त गरेका छन् । 

सम्पूर्ण विजेताहरूलाई रोयल इनफिल्डको नक्शालस्थित शोरुममा सम्पूर्ण मिडियाकर्मीको उपस्थितिमा कार्तिक २३ गते कम्पनीका निर्देशक मेघराज पोडेलले चेक हस्तान्तरण गरेका थिए ।


Author

थप समाचार
x