ब्रान्‍ड

'बाँडौँ खुसी चढौँ सुजुकी' योजनामा भक्तपुर निवासी राजिप नागाले जिते सुनको सिक्का

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १८:११ बजे

काठमाडौँ- भि.जि. अटोमोबाईल्स प्रा.लि.ले यहि कार्तिक २ गते टेकु सोरुममा गरिएको फेसबुक लाईभ मार्फत दोस्रो बम्पर विजेता घोषणा गरिएको छ । भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर विजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् । 

यो योजना लागू भएदेखि १५ दिनमा नेपाल अधिराज्यभरिका खरिदकर्ताहरूलाई समावेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो विजेता बन्न सफल भएका छन् । उनले टेकु स्थित भि.जि. अटोमोबाईल्स प्रा.लि.को आफ्नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए ।


यो योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटरसंग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटरसंग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ । 

भि.जि. अटोमोबाईल्स प्रा.लि. सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता हो । 


 


Author

थप समाचार
x