ब्रान्‍ड

ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर–बी नेटवर्क जोड्ने

इकागज |
असोज ३०, २०८० मंगलबार १५:२ बजे

बेइजिङ– चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर– बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन् ।

ह्वावे एफटीटीआर– बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा–गिगाबिट प्रिमियम वाईफाई सेवाहरू प्रदान गर्ने छ ।


मोबाइलको ह्वावेसँग एफटीटीआर– बी नेटवर्क विस्तारमा सहकार्य गर्दै

समुन्द्री सतहबाट ५,२०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेसन ब्यूरोमा लग्नुपर्छ ।

कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो । हाई–स्पीड एफटीटीआर–बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ । जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्नेछन् ।

यसका अतिरिक्त, एफटीटीआर– बी को स्थापना समुद्री सतहबाट ४२०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखिएको छ ।

विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक–इन प्रणालीमा सुस्तता समय–समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरूको इन्टरनेटको पहुँचमा असर गरेको थियो ।

एफटीटीआर– बी स्थापनापछि होटलका ३०० पाहुनाहरूले एकै समयमा उच्च–गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन् ।


Author

थप समाचार
x