ब्लग

मैले देखेको माझी बस्तीभित्रको कथा

जिमी लामा |
माघ १८, २०८० बिहीबार १७:४ बजे

गत माघ १४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाको माझी र दनुवार विद्यार्थीहरूलाई 'स्कुल इन अ ब्याग' कार्यक्रममा पुगे ।

हेलम्बु एजुकेसन एण्ड लाइभ्लिहूड पार्टनरसिप (हेल्प) ले विगत एक दशकदेखि कार्यक्रम संचालन गर्दै आएको छ ।  त्यहीँ शिलशिलामा 'स्कुल इन अ ब्याग' कार्यक्रम अन्तर्गत इन्द्रावती गाउँपालिका वडा न  ११ को अनुरोध तथा इन्द्रावती गाउँपालिकासँगको समन्वयमा श्री सेतीदेवी माध्यमिक विद्यालय, परोपकार आधारभूत विद्यालय र बिस्देउटार आधारभूत वियुका ३३२ जना विधार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गर्न पुगेको थिएँ । 


कार्यक्रममा प्रमुख अतिथिको रुपमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, म अध्यक्ष जिमी लामा र वडाअध्यक्ष रामजी माझीले संयुत रुपमा एकसाथ झोला वितरण गर्यौ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरूको सहभागिता थियो । सबैको मुहारमा रौनक थियो । किनभने अरुलाई उत्साह भरिदिनु थियो । 

झोला पाएपछि विधार्थीलाई खुसी देखिन्थे । अबदेखि हातले बोक्नुपर्ने किताब झोलाले बोक्छ होला भनेर पनि उनीहरू दंग देखिन्थे । मेरो जीवनमा यो नौलो दृश्य होइन । तर यो दृश्यले मलाई कता-कता छोएको थियो । देशको चित्र तिनै बालबालिकामा देखिरहेको थिए । एकआपसमा खुसी साटिरहेका थिए । त्यो दृश्य देख्दा म आफैँ भावुक भएछु। जहाँ म बाल्यकालीन समयमा पुगे । अरुले नदेख्ने र मैले मात्र देख्ने गरी मुसुमुसु हाँसिरहे । 

विद्यालयका प्राङ्गणमा शिक्षक र विद्यार्थी मात्र देखिन्थे ।  उनीहरू दुवैले शैक्षिक र सरसफाइको सामग्री पाएका थिए । अबदेखि विद्यार्थीहरू नियमित विद्यालय आउने र सफा भएर आउनेमा शिक्षकहरू ढुक्क देखिन्थे । 

यस स्कुल इन अ ब्याग कार्यक्रमको पृष्ठभूमि र सुरुवातको कथा पनि इन्द्रावती गाउँपलिकाको भीमटारसँग जोडिएको छ  । वि.स २०७० साल साउनमा एक युवा नेतृत्व विकास सम्बन्धी कार्यक्रम अन्तर्गत युवाहरू सम्मिलित टोली भोटेकोशी नदीमा पुगेको थिए । खाली हुनुपर्ने किनारमा भरिभराउ थियो समय र परिस्थितिको दुर्भाग्य भनौँ । नेपाली समाजको नियति भनौँ । लामो श्वास ताने फुइँ...

र्‍याफ्टिङ गरेर किनारमा तैरिने क्रममा खोला किनारमा पुगे । केही कलिला बालबालिका माछा मार्दै गरेको देखे । मनमा अनेक प्रश्न उब्ज्यो। मेरो दिमागमा प्रश्नका अनुत्तरित उत्तर बसे ।

किताब हुनु पर्ने हातमा माछा खोज्‍नलाई तम्सिनेहरू देख्दा मन एकतमास आत्तिएको थियो । मलाई वास्ताविकता थाहा पाउन ती भाइबहिनीसँग कुराकानी गर्न मन लाग्यो ।  भाइबहिनीले भने,’ आफूहरू सधैँ १२ बजे पछि माछा मार्न खोलामा आउने गरेको र खाजाको लागि आफूसँग केही नभएकाले यहाँ आउँछौ । पीडा सुनाए, मन भारी भयो ।' सायद गरिवी, अशिक्षा र सामाजिक संरचना होला । 

गर्हुंगो मन लिएर अगाडि बढे । आफ्नो सुन्दर भविष्य निर्माण गर्ने हातमा कलम कापी हुनुपर्ने थियो । विद्यालयमा जानुपर्ने थिए । विद्यालयको प्राङ्गणमा खेलेका र कक्षा कोठामा शिक्षकलाई नजानेका कुरा सोधिरहेको हुनुपर्थ्यो । विडम्बना कलिला हातले माछा समात्ने जाल अनि पासो लिएका छन् ।

म सम्हालिए मनमा पीडा बोध भई केही गर्नुपर्ने अठोट लिएर सिन्धुपाल्चोक जिल्लाको तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमसंग कुराकानी गर्नपुगे ।गौतमले पनि इन्द्रावतीको भीमटारमा माझी समुदायको बाहुल्यता छ ।  विद्यार्थी विद्यालयमा नआउने समस्या रहेको कुरा सुनाए  । यसमा जिल्ला शिक्षा कार्यालयबाट केही कदम चाल्ने र समस्या समाधान गर्न हेल्प समक्ष प्रस्तावसहितको अनुरोध राख्नु भयो  । 
 
जिल्ला शिक्षाको टिमसहित हेल्प ग्राउण्डले वास्तविकता बुझ्न  समस्या रहेको भीमटारमा अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्‍यो  । छलफल तथा अन्तरक्रिया विधार्थीलाई कसरी विद्यालय सम्म आकर्षण गर्ने थियो । अन्तरक्रियामा अभिभावकले खाजाको कारण विद्यार्थीहरू विद्यालय आउन नखोज्ने र खाजा भएमा विद्यालय आउने कुरा सुनाए  ।

तथ्यांक अनुसार करिब एक हजार विद्यार्थीहरूलाई सहयोग आवश्यक देखेँ । मैले विद्यार्थीहरूलाई सहयोग गर्ने अठोट लिएर एक हजार विद्यार्थीलाई २ महिनामा टिफिन बक्स बाँड्ने योजनासहित जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकसँग सम्झौता गरेँ।  

दुई महिना भित्रै सबै सक्ने गरी गर्नु थियो । सुरुवात शुन्यबाट गर्नु थियो, पहिलो पाइलबाट गर्नु थियो । नेतृत्व विकास कार्यक्रममा सहभागी साथीसँग आफैंले पनि सक्दो सहयोग गर्न र अन्य साथीभाइसँगै सहयोगको याचना गरेको थिए ।  सहयोग रकम उठाउन दिनरात नभनी लागे । 

आवश्यक रकम उठ्यो ।  मेराे एक जना सहयोगी साथीले टिफिन बक्स सहयोग योजनामा १५ सय रूपैयाँ सहयोग गरे । टिफिन वितरण सम्बन्धी जानकारी पठाउँदा , टिफिनले मात्र पूर्ण सहयोग नपुग्ने भन्दै बरु अत्यावस्यक शैक्षिक सामग्रीसहितको झोला वितरण जस्ता कार्यक्रम गर्दा कस्तो हुन्छ भनि सल्लाह पाए । म झन उत्साहित भए । 

मलाई साथीहरू तथा शुभचिन्तकको सल्लाहबाट प्रेरित भइ अब टिफिन बक्स बाड्ने योजनामा पुग्नु थियो । एउटा सम्पूर्ण सहयोगसहितको झोलामा रुपान्तरण गर्ने खाकासहित स्कुल इन अ ब्याग कार्यक्रमको सुरुवात गरे  । हालसम्म नेपालको २२ जिल्लाका करिब २२ हजार ३०० भन्दा बढी विद्यार्थीले स्कुल इन अ ब्याग कार्यक्रम मार्फत प्रत्यक्ष लाभान्वित भइसकेका छन् ।


Author

थप समाचार
x