बैंक-वित्त

भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एभरेष्ट बैंककाे एटिएम

इकागज |
मंसिर ७, २०८० बिहीबार २१:३२ बजे

काठमाडौँ- विशेष कार्यक्रमका बीच एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा बैंकको एटिएमको समुद्घाटन गरेको छ । सो एटिएमकाे समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रूपमा गरेका हुन् ।

यो संगै बैंकको एटिएमकाे संख्या १६३ पुगेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटिएम सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरू तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे भने मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङ्गणमा एटिएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । 


साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरूलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुइँकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् । यस्तै देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैंकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 


Author

थप समाचार
x