बैंक-वित्त

एनएमबी बैंकको पुतलीसडकमा इपेमेन्ट हब सुरु

इकागज |
असोज २६, २०८० शुक्रबार १७:११ बजे

काठमाडौँ- एनएमबी बैंकको पुतलीसडक शाखामा ‘एनएमबी इपेमेन्ट हब’ सुरु भएको छ ।

हबबाट ग्राहकहरूले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संस्थामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने बैंकले जनाएको छ ।


‘एनएमबी इपेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा छ ।

द फाइनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ । एनएमबी बैंक हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x